बुधबार शपथ लिदैँ मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ बुधबार हुने भएको छ।
कँडेलले बुधबार दिउँसो ३ बजे गोपनीय रुपमा शपथ गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएकाे छ।
२१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिए पछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कँडेल मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रतिक्रिया