निर्यात बढी देखाउने नाममा उद्योगहरूको लाइन काट्दा व्यवसायी मर्कामा

काठमाडाैँ। भारतबाट विद्युत् आयात गर्ने सम्झौता नवीकरण भएपनि विद्युत् प्राधिकरणले बिजुली नदिँदा उद्योगहरू १६ घण्टासम्म लोडसेडिङ खेप्न बाध्य भएका छन् ।

राष्ट्रिय प्रसारण लाइनमा जडित ३ हजार मेगावाटमध्ये अहिले (हिउँद)को उत्पादन क्षमता जम्मा १२ सय मेगावाटमा सीमित छ । भारतबाट ५५४ मेगावाट विद्युत् आयात हुने सम्झौता केही दिनअघि नवीकरण भएको थियो । 

प्राधिकरणका अनुसार अहिले पनि २५० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निर्यात बढी देखाउने नाममा उद्योगहरूको लाइन काट्ने गरेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् ।

औद्योगिक क्षेत्रमा १६ घण्टासम्म लोडसेडिङ गरिरहेको प्राधिकरणले अहिलेको माग नै जम्मा १२ सय मेगावाट रहेको हास्यास्पद तर्क गर्ने गरेको छ । 

प्राधिकरणको लोड व्यवस्थापन क्षमता कमजोर देखिएको गुनासो उद्योगीहरूले गर्न थालेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरूमा दैनिक १६ घण्टासम्म विद्युत् आपूर्ति बन्द गरिएको बताए । 

साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म लाइट लोड ९बत्ती मात्र बाल्न पाउने० बिजुली दिएको छ, अग्रवालले भने, त्यसैले राति काम हुने कुरो भएन । दिनमा पनि ८र१० पटक ट्रीपिङ हुन्छ । झ्याप्प आउने, झ्याप्प जाने हुन्छ । प्राधिकरणको लोड व्यवस्थापन क्षमतामाथि प्रश्न उठेको छ ।

उनले यसबारे प्राधिकरणसँग कुरा गरेको तर सधैं ट्रान्समिसन लाइन नभएकाले समस्या भएको जवाफ पाउने गरेको बताए । उनले लोडसेडिङकै कारण उद्योगको उत्पादन क्षमता ३० प्रतिशतमा खुम्चेको गुनासो गरे । 

राम्रोसँग लोड व्यवस्थापन हुन् नसक्दा विराटनगर, वीरगन्ज, बुटवल, भैरहवा आसपासका क्षेत्र र औद्योगिक कोरिडोरमा पनि विद्युत् आपूर्ति नियमित हुन सकेको छैन।