कस्ताे रहला आजकाे माैसम?

 हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले मौसम पूर्वानुमान महाशाखा अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । 

 महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। 

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी  भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। 

सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

गण्डकी कर्णाली र प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनु सक्ने महाशाखाको पूर्वानुमान छ ।