सगरमाथा आरोहणका लागि हालसम्म ६३ आरोहीले लिए अनुमति
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download_7odx0fitON_jeyoad2u0ed8wcdzm4kpexcznbid40wpqraz8rnyabua39leshoc97qwgqjb_98Ca7StaDl_4ifxwg3zlf2lqei9anhp9fjf4lzpobk9rn01zqgmrdupesnlp7jio6wsv0qa.jpeg)
काठमाडौँ, १९ चैत : वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।
विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र एक सय ६ पुरुष गरी कूल एक सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । हिमाल आरोहणको अनुमति बापत् हालसम्म रु १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ ।
![भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/385335.6_vjzDLLYg6f_trqyw63fpqhqjtzcrnqyf7kv86x926h17wwrcph7cb4l9t48r7ewdpenf03j_889R6JEpwT_xbdxpvmiijkqzxzvqvzqinmcggys5rvwylmm42daikansh7hbnsl5twno1ic.webp)
भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदै
![रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520111737_astHCmCvrc_aratvicouxlco2i4bk1mbhtvdauyondxtpexwyvipp9xlmlit0drnjkjxpws_KryXpFYttB_g9tcp4jhqzo1wgjz8pcxykkkozsm1czhw0cv72cwnhhq608f9b4ukqpy20pr.png)
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य
![मनसुनको एक महिना, बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
मनसुनको एक महिना, बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी
![प्रधानमन्त्री ओलीले साउन ६ गते संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/images-1_edited_X6gFDvwsnv_jwrxdgksy0c7x6vb6dp1r5dahospmilhkg8as0nlcaumtjy1uvofznv8aog5_Hp9Mnen9iL_el05td2jhhmugosrkmcttnbvgvqe6exjoshovlqvrrrv6jngkbm7tafn2if3.jpg)
प्रधानमन्त्री ओलीले साउन ६ गते संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने
![चेपाङले चिनेको, समाजले नचिनेको चिउरी](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-15%2520134331_0HKK0qtdQe_5ql5plgcco45f2wktcoeqgx3yqmhymt8nzjcegskgjhbrteedm0b0p4iz8kh_KOTaeyyySX_3bylidsbcnyinbq6gsees9qv17hju3x8qq4leuaa9ehooedhszbeqztuoh3k.png)
चेपाङले चिनेको, समाजले नचिनेको चिउरी
![निजामती कर्मचारीहरूको सरुवा स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/ministry-samanya_vT7kUrgatR_gmlx9xn25v0xsssh8ikyrxupdaxo3adrrksuficc25b9yjennyztprcecgq2_sKsRmqXrMH_abv1dnwzycgsm97auid5rkiwl60rzquyca7tcq5lgxhljwhuv8yp4rcrsgln.webp)
निजामती कर्मचारीहरूको सरुवा स्थगित
![अहिलेभन्दा जनयुद्धकालमा जीवन सरल थियाे : प्रधानमन्त्री प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm_Prachanda111_9nL5QTGRSw_PVaClQufQ6-1_L7QKBzUDVD_u4bxuta2bzyde9xe8dmtpmgnq9kpbwqjalxslrtkqkcfyw6a4uyyi0fzm4sn_jofxKVSxV8_dczun3p0swbzze0fiuaet7dbjtrp3pmmrdkedxqmvracuqlsullz1j82b7ji.jpg)
अहिलेभन्दा जनयुद्धकालमा जीवन सरल थियाे : प्रधानमन्त्री प्रचण्ड
![बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%2586%25E0%25A4%25A4%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%25B9%25E0%25A4%25A4%25E0%25A5%258D%25E0%25A4%25AF%25E0%25A4%25BE_BxmrLDSZJd_bzxnumh8isnzo9tlskma6z7s1ig1pmzvixdcgbfk8izq5wjp9uunp95ngj9r_FUfsRv8eyB_ru4eiv4fezol5vnmthuhiww0qtirxdn1znq1bfystqsau8nympwaauyfrrue.jpg)
प्रतिक्रिया