कोरोना संक्रमणबाट रौतहटका एक युवकको मृत्यु

विश्व्यपीमहामारी कोरोना भाइरस संक्रमण कारण रौतहटका एक युवकको मृत्यु भएको छ ।

ती युवकलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

रौतहटको पर्रोहा नगरपालिका ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  नेपालमा कोरोेना भाइरस संक्रमण बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ