उपनिर्वाचनका लागि इलाम–२ बाट नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस
वैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम–२ बाट नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ।
क्षेत्रीय समिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ७ जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन्।
आचार्य कांग्रेस महासमिति सदस्य हुन्। उनी २०७० सालको संविधान सभा निर्वाचनमा पराजित उम्मेदवार थिए। खड्का २०७९ सालको निर्वाचनमा एमाले नेता सुवास नेम्वाङसँग पराजित भएका हुन्। केशव थापा पूर्वराज्यमन्त्री हुन् भने नगेन्द्र कुमाल नेपाल आदिवासी जनजाति महांघको पूर्वअध्यक्ष हुन्।
प्राप्त नमलाई जिल्ला कार्यसमितिले ८ चैतभित्र रायसहित प्रदेशमा पठाउने र प्रदेशले १० चैतमा केन्द्रमा पठाउनेछ ।
प्रतिक्रिया