सामाजिक सञ्जाल फेसबुकमा समस्या

सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । बुधबार साँझ ९ बजेपछि फेसबुक लगइनमा अकस्मात समस्या देखिएको हो । 

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । 

सामाजिक सञ्जाल एक्समा यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् ।  तर फेसबुकले भने के समस्या भएकाे हाे पुर्ण रूपमा खुलाएकाे छैन।