४ प्रदेशमा वर्षाकाे सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरि सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षाकाे सम्भावना रहेको  महाशाखाले जनाएकाे छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली   भूभागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।