उदयपुरमा जिप दुर्घटना हुदाँ एक जनाकाे मृत्यु,१५ जना घाइते

उदयपुरको  कटारी नगरपालिका ७ मर्जेपुरमा गय  साँझ जिप दुर्घटना भएको छ।शुक्रवार साँझ  करिब  ४ बजे कटारी बजारबाट सिरिसेतिर जाँदै गरेको ना १ ज ८३३३ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ।

 दुर्घटनामा  १५ जना घाइते भएका छन् भने एक जनाकाे मृत्यु भएको  छ।  मृत्यु हुने व्यक्ति  कटारी ८ सिरिसे गाउँका ७० वर्षीय वीर बहादुर तामाङ रहेकाे  इलाका प्रहरी कार्यालय ले  जनाएकाे छ।घायते मध्ये ४ जनाको अवस्था गम्भीर  रहेको छ।

घाइतेहरूकाे   कटारी अस्पतालमा उपचार भैरहेको छ । बोलेरो ब्रेक फेल भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो।