सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/meterbyaj-pidit-barta_pYeTFRz1G2_ouosprbuohwi92rracubndab9rppsybvru0yamtlcmaqq7kyq7jsre6etuwi_yOkgdAnHCB_c39jktuuwkjxtgkzb4rxcwduskkpekocehdsmwik5npzqyxpjcoimkpba42d.jpg)
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । शुक्रबार साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले राससलाई बताउनुभयो ।
“समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले भन्नुभयो ।
मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले शुक्रबार को चौथो चरणको वार्ता सकारात्मक रहेको बताउनुभयो । उहाँले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।
अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
![आऊ बलात्कारीको पूजा गरौं !](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25AF%25E0%25A4%25A3%2520%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25B8%25E0%25A4%25BE%25E0%25A4%25A6%2520%25E0%25A4%25A6%25E0%25A4%25BE%25E0%25A4%25B9%25E0%25A4%25BE%25E0%25A4%25B2_ViEhJklWD0_xtmyjshcdgaynheeklwcfgfbpgd0biwtmz3pmfez4vpvprchryv9tydyqmeb_3rCsYReOvX_sfesokx0fiee8py08hvv3gfmyotuxxfjdcuhpapmtpqcj16qoosci3gyeoey.png)
आऊ बलात्कारीको पूजा गरौं !
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/Yarsa_uqHthqGXlh_usn2vzey0cnnqnneuzu5nubawupnvhrijeyetamkxyzslkbkns8907f3ajg1_X4M2nZoj81_zkeinjs8ncjyraxsodzwuilopayrjevsrgsps25cni0blkeapo8injylsg2k.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![चार सय परिवारलाई खानेपानी](https://snowberry.prixacdn.net/media/gallery_folder/oooo_5lECLiu7mJ_crmygim9zrpkoxttyss665lehpbulbbsmo7qthhpirmuj52ysgychuuweo9q_NlhOtiR2WA_sjsdchinizgf6446gntkxqtqv0pbuiqtrl5tizsojecvx4dlbfittcvuaiq1.jpg)
चार सय परिवारलाई खानेपानी
![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_k8esafXHun_1rujk74wyknbufjh49l4otmms0msotlolvag5tu8yfsllgromqgv6j3aoqm6_KD6Frn3Dh1_iakyilmubfeob4cegt7gats985sxfvkk2jq9qhw3vnyhhqlck3p55duhktop.jpg)
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
![चारवटा प्रदेशमा भारी वर्षा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/y_CGHou8oQY7_atl2f9wuqfocqmnq9paqgprclp2fskxicysfulyp5buzmd6xoewi6ozr2pdd_VGu0gTXFPH_noc9693ao1y2nn0mg6dgkztcsemawaa7i94ftavwnwbdjqt1skgtv5xii4n2.png)
चारवटा प्रदेशमा भारी वर्षा हुने
![पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष असद इकबाल बट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/ANI-20240702115938_DnDBXCPWIM_2ft2pgvg0ui42esllan7mqpghbeucztv3kx2lkrvw5kf9935mg6rxbdxrak5_Q7KuXH5eWz_y5kqn30sukvijux42gydeyxi6q1jm5nqqot4htpsmmwnsphs6jann6tonunm.jpg)
पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष असद इकबाल बट पक्राउ
![नाउपा बाट राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/Arunkumar-chaudhary_NG8WPgusJo_f9rpn7gi5afptcntenh8hefudta3a05y8u6ll0o6vawdf7mwercuv28idpec_FLP3evLInL_mrszsgnmjwtcufn9sbsae2cusjnwimregxz1chs3paup56t0jb3oxh9kdouw.jpeg)
नाउपा बाट राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आज फेरि डलरले सर्वाधिक महँगो रेकर्ड बनाउँदा पाउन्ड र दिनार सस्तिए](https://snowberry.prixacdn.net/media/gallery_folder/Foreign-Currency-AFP_Gn20YvMVYV_eo7oevk2oi7bw4machvsvrhxdpe0czyawqplprbszq7as4ndurcqb0fhpcqt_v2ccXG5VQY_vomho39gna7jseadl2qfcyxzh9rbhmg2tnthk7iviwduuaf5ncdcdmoxwhbc.jpg)
प्रतिक्रिया