हत्याकाे आरोपमा दुईजना पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau1672360644_yDF6Xo5X1G_g1qpprq7hioalhgigmmp8dobhxzrccsjthwpxfdnw8vbzqi1q1og15bti976_Bt2YdKaHQy_gktjqomoko0ststgnron2hhsnwwtpnzhbziwrxszcf4xwv55qzei8sme5tmz.jpeg)
नुवाकोटमा बस्दैआएका रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका ७१ वर्षीय टेकप्रसाद भट्टको हत्यामा संलग्न रहेको अभियोगमा उनकी भतिजी र भतिजी ज्वाइँ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रसुवाको कालिका गाउँपालिका–२ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकी श्रीमती ३१ वर्षीया दिपा भट्ट रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । दुवैजनालाई काठमाडौँबाट पक्राउ गरेर आज नुवाकोट ल्याइएको हो । उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न आजै नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ ।
हत्याको अभियोग लागेका अनिल र दिपालाई कर्तब्य ज्यान मुद्धाको अभियोगमा कारबाही गर्न अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोलोरोपाखा जङ्गलमा गत मङ्गलबार टेकप्रसाद मृत भेटिएका थिए । अनुसन्धानका क्रममा रिसिइवीको कारण वृद्धको हत्यामा अनिल र दिपा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दम्पतीले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
![कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास](https://snowberry.prixacdn.net/media/gallery_folder/cyber_Crime_20210612065805_5cM2u9i487_dduwu5p6xq99jd5w4mc8bdqwgfc59xivey3d3dnd0itx0bvtu5hpiqwvthxv_HRYPHabtWI_y8sbya9sgaig1cnjttxwh9jwelb3oz70awmoaevvihgrwrt0vvvvxvew0xdi.jpg)
कोरियाली ह्याकरहरुले परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास
![सिमलताल पहिरो : त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन,४० किलो चुम्बक प्रयोग गरी खेजिने](https://snowberry.prixacdn.net/media/gallery_folder/450427410_1456058331946286_7144104207197784348_n_fLwPgyts4O_qqrnkjb8lpyvvisqfr3ykj3cbkxizbd4zwolfydrmvidu3hndpkcophclnkp_asAPzBZ16J_874vi6ah2dw2sofk9ckwjszcabbbjbqgi9tcluz9mbyydejehgkezsznvva4.jpg)
सिमलताल पहिरो : त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन…
![रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङसँग भेट गर्ने प्रधानमन्त्री ओलीले बौद्ध जाने](https://snowberry.prixacdn.net/media/gallery_folder/_120026577_kpoli-4_t1xUPom3kF_sijttccvpmao5njreji5l2mznt00wetmohajckm3kws1ziihdsylcjgxem9q_O4ZPM2nb7c_eh8sgjmtqshflhxogyonrwhi0jwrsh44qn8irl3tlet4cdlngrrxepqrl8f7.jpg)
रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङसँग भेट गर्ने प्रध…
![सामाजिक सञ्जालमा जातीय विभेद हुने शब्द पोस्ट् गरेको आरोपमा एक शिक्षक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/1722051091_Teacher-1200x560%2520(1)_I2Ez6Q936g_gxzmmjk51phsn4x6nze2l69z6buaq0mvfhmlndbwls3nbwosd9f7mok3pwtb_EfMoyrYLcl_uyxxkunyrxgoxpd60mbiin3qsjw3dtjuycn5hkqnbtyre0fsar2tnctmw78d.jpg)
सामाजिक सञ्जालमा जातीय विभेद हुने शब्द पोस्ट् गरेको आरोपमा एक शिक्षक पक्राउ
![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://snowberry.prixacdn.net/media/gallery_folder/dengue_dRCI2kclh1_9xtadtriyuhkyfpwlrv6xegw2zndjb8uh16982ijfhctz8iwgshodbubyxwy_SI0uiF4uGH_pudblxzus1weq1vc7tvx7hdthelevt0ktekmqjntl4skim7knfk1myu9jvve.jpg)
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
![नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal_Police_qwOqUoVHGI_rzyjytyybpvcnxcjurmo6bpnknrqdbiegewczprsje2ddr6gwj5gfd8n5i6h_dEWTBi9hPf_dvnh4jch88ygthcayddssnfvpl1sdibdzid0nyr4nmcjx5b4e3cxlciwlw57.jpg)
नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)
![आऊ बलात्कारीको पूजा गरौं !](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25AF%25E0%25A4%25A3%2520%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25B8%25E0%25A4%25BE%25E0%25A4%25A6%2520%25E0%25A4%25A6%25E0%25A4%25BE%25E0%25A4%25B9%25E0%25A4%25BE%25E0%25A4%25B2_ViEhJklWD0_xtmyjshcdgaynheeklwcfgfbpgd0biwtmz3pmfez4vpvprchryv9tydyqmeb_GJ2OcjGZPQ_8g0qlat7vsykpjvmjqrlmx2cijpzhvgmcou2arjmypgdwmqoebgp2b0lsgqt.png)
आऊ बलात्कारीको पूजा गरौं !
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/Yarsa_uqHthqGXlh_usn2vzey0cnnqnneuzu5nubawupnvhrijeyetamkxyzslkbkns8907f3ajg1_VMRL3KbzNJ_kajv7zwdcrgehcgquvprwxmulnbh9aife5a0tfiom5ywgymugpwckve4fjyp.jpg)
प्रतिक्रिया