बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज स्थिर छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।