तेह्रौँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरिमा
काठमाडौँ, १६ फागुन : तेह्रौँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको छ । यही फागुन १९ गतेसम्म जारी रहेन सो प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ६० जिल्ला र क्लबका दुई सय ७२ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुहुँदै नगरमा विभिन्न खेलकुद विकास एवं प्रवर्द्धन गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री कर्णबहादुर थापा, चन्द्रागिरि नगपालिका उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । यही फागुन १४ देखि सुरु सो प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकासहित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले सहयोग पुर्याएको छ ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष आठ बरियतामा रहेका पुरुष र महिलाको एकल, आठ बरियतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि, यु–१३ को ब्वाइज र गल्र्स एकल गरी १२ विधामा प्रतिस्पर्धा भइरहेको महाँकाल ब्याडमिन्टन क्लबका अध्यक्ष श्रीहरि थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउनु क्लबका लागि गौरवको विषय रहेको छ । क्लब आगामी दिनमा छुट्टै ब्याडमिन्टन एकेडेमी स्थापना गर्ने ध्येयले अगाडि बढिरहेको छ ।”
ब्याडमिन्ट खेलकुदको इतिहासमा एक सम्मानितरूपमा रहेको सो प्रतियोगिताको कुल पुरस्कार राशि रु सात लाख २३ हजार रहेको छ । शीर्ष आठ बरियताका खेलाडीको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने जनाइएको छ । यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद रु १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारेबापत थप नगद रु एक हजार पाँच सय प्राप्त गर्नेछन् । दुई समूहका शीर्ष दुई स्थान प्राप्त गर्ने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजयी खेलाडीले रु ५० हजार, उपविजयीले रु ३० हजार र सेमिफाइनलिस्टद्वयले रु १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय ब्याडमिन्टन सङ्घका महासचिव सुनिलमान शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ शीर्ष आठ बरियतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्नेछन् । महिला युगलतर्फका शीर्ष तीनले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले रु १५ हजार, आठ हजार र चार हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन सङ्घले नेपालका नम्बर १ खेलाडी एवं पूर्वविश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ । पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकलबाट सम्मानित गर्ने पूर्वघोषित निर्णयबमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२औँ संस्करणमा विजय हात पार्न सफल हुनुभएको थियो ।
![आज कतिमा कारोबार भइरहेको छ सुन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-78-4-3_CTFa506zAc_f6i9gvykzjxolkxic82wgabzylzfhmymfdi0uwjls2p8mlymwdvjcnwlqu56_Q0gDqA8dev_dteflbz00qtbzkthdmbaoqqqsndwnaoxmzrukdrgi7ukduigksrb4vkesagk.jpg)
आज कतिमा कारोबार भइरहेको छ सुन ?
![राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/rashtra-bank-nepal2024-07-26-07-07-28_uZGaEoUL6u_gv7dde4fi0fxc5a7qdepfohxx77m6ob9opxvbrnnwapogcjqpamotnr8r78p_JdHO4MIjzJ_jeixf2sjilxyjb6fsllggwmnzfa2ojmieflox7kcsd4bf7klko6ijrac408o.jpeg)
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
![सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold%2520silver1654579639_JYNaVpw6Kw_n0jzhmejvpchf7pufaphmmwj7dy2tolz18ztqfdko8ff8gh0iqyi5fky8vzx_xGULk15K24_vpjxd4zwzhnxw7rexko6dgz4qqln9zonrfh3p4djagzf6jskx9oy2v6vtloh.jpg)
सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?
![नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/67189830compulsory-figure_jbkmiCQZmk_suhfl43whrwepagok4txajt8dcs2glerjmsbelv1widulxtyfzjcacd4di97_6cjcJIOPu4_kwnfdzzpdhwbag97l3uhforetynejepeekkqixhs79y85gdi1kqnxcweuyjw.jpeg)
नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?
![पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत
![पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब](https://snowberry.prixacdn.net/media/gallery_folder/Tax-rajaswo__tdw0bgTixS_0to8p7gnywwg7rz5ftqsseh7n2gmmrubinh1lw670riev4btsapshdfzzvwk_i6Q3Eo29tx_xkqhzhbmkhasoe6rpsja3dcjnwzmcw5delgrkolgaccfaoy8fxdsc1xh275j.jpg)
पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब
![साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/th%252520(1)_HjnClxBbmm_xry2tatt5a0q4nt023pzscubzbfkn5nxzegpi4dqmwrapiikoxik2iozoksw_CMZYMjpNAB_fxtuyhpzpl5lmp81lcsbenuobe9gokzwir8fvgeext9lbjdzbjkd1cizldhs_o94qN3CzBW_wjuwfvbn0uynbinome3bkgao4s23w1ppdjpfdwc9gibn9bvxzalckmreclfg_s8Z7Ss5avZ_hfsagfqlh5vmvv0i0uorvpvvfylvjpyz6igdklwok5qlxppeyhk3ow81youk.jpeg)
साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करो…
![आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढ्याे](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया