आज सुन र चाँदीको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । कारोबार साताको पहिलो दिन आइतबार बढेको रहेको सुनको मूल्य आज पहिलो दिन भने तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाल सुन आज प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन एक लाख १७ हजार ७५० मा कारोबार हुँदा चाँदी १ हजार ३९५ मा कारोबार भइरहेको छ ।