कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौं:  कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । पनिकाका अनुसार परीक्षा वैशाखको २६ गते सकिने छ ।