सरकार–निजी क्षेत्र साझेदारीमा जोड:मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी–व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    नेपाल उद्योग वाणिज्य महासङ्घको आज यहाँ भएको छैटौँ  प्रदेशसभा बैठकमा उहाँले सरकार र व्यवसायी  एक– अर्काका परिपूरक भएकाले आपसी साझेदारी सहकार्यका आधारमा काम गर्नु आवश्यक भएको बताउनुभयो ।   मुख्यमन्त्री कार्कीले सबै उद्यमी–व्यवसायीले रोजगारी सृजना, राजश्व सङ्कलन तथा योगदानमा सहयोग गर्नुपर्ने तथा सरकारका तर्फबाट पनि उद्योग–व्यवसाय प्रवर्द्धनमा  सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    
    उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रका उद्यमीलाई साथमा लिएर अघिबढ्ने बताउनुभयो । महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेश लगानी प्राधिकरणमा निजी क्षेत्रको अनिवार्य सहभागिताको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।