जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau-4_YhpUdluakj_hzazyem69vcazuq4uuktpvttycwe9gtj1u9z52ndowspter6lfcfy8zkj1e0_A4NnkJ0qMO_apmpdbdltsbahuunme20ndxjifbiehrpyath7ldzxfdzdqxgeddm7ziq6wed.jpg)
इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबरजस्तीकरणी गरी फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जबरजस्तीकरणी गरी फरार रहेका गोदावरी नगरपालिका-५, नहरटोल कैलालीका ३९ वर्षीय गोविन्दप्रसाद बोहरालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बोहराले ती महिलालाई उपचार गरिदिने निहुँमा पटक-पटक जबर्जस्तीकरणी गरेका थिए ।
बोहराले ती महिलाको अनुहारमा भएको दागको समस्या हटाउने औषधी आफूसँग भएको र औषधी उपचार गराई पूर्णरुपमा निको पारिदिने तथा बिहेसमेत गर्ने प्रलोभन देखाएका थिए ।
कोहलपुर नगरपालिका-२ मनकामना चोक नजिक कोठा लिई पटक-पटक जबरजस्तीकरणी गरेको र उक्त कुरा अरू कसैलाई भनेमा झारफुक गरेर भस्म गराइदिने भनी डरत्रास देखाएको उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।
प्रतिवादी गोविन्द कोइरालालाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रहरी वृत्त स्वयम्भूको सहयोगमा
काठमाडौँको नागार्जुन नगरपालिका-८ भीमढुङ्गाबाट पक्राउ गरी कोलपुर ल्याइएको कोहलपुर प्रहरीले जनाएको छ । पक्राउ परेका गोविन्द कोइरालालाई बाँके जिल्ला अदालतबाट सात दिनको हिरासतमा राख्ने आदेश अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रनाउ तिवारीले जानकारी दिनुभयो ।
![युएईमा नेपालीकै हत्यामा मृत्युदण्डको सजाय सुनाएको दुई नेपाली फर्किए नेपाल](https://snowberry.prixacdn.net/media/gallery_folder/Blue%2520Gradient%2520Modern%2520Freelancer%2520YouTube%2520Thumbnail%2520_eHfcGAiD3j_7fyxdvrhn1iiythrntq1bo58wlup1fic5tzbc7drfydjdswaq666kyrto6z3_lx0Z8EFv2M_brud1oikvm2u9js80sfqmfsjsnnzmno0ooowzu271kdtiriwbxfw9kaplgkt.png)
युएईमा नेपालीकै हत्यामा मृत्युदण्डको सजाय सुनाएको दुई नेपाली फर्किए नेपाल
![भारतमा गरगहना पसलको पर्खालमा प्वाल पारेर चोरी गरीरहेको अवस्थामा चार नेपाली पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
भारतमा गरगहना पसलको पर्खालमा प्वाल पारेर चोरी गरीरहेको अवस्थामा चार नेपाली…
![कालिकोटमा आफ्नै भतिजीलाइ बलात्कार गरेको आरोपमा काका पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
कालिकोटमा आफ्नै भतिजीलाइ बलात्कार गरेको आरोपमा काका पक्राउ
![बैकिङ कसुरका १३ वटा मुद्दाका फरार प्रतिबाधि पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/Arrest_gPCu42zshH_5G4DWzYdp3_2NAaqqeS7B_fwrtvayypi5evf5zjqtgyatucgsyy5xn3oodzduomylmer2qcne4hxlpar6e_xoIbViS6L5_8eydfd7mkwcx5uzedpl0svapir80n55wpsqippqeluuohdr4lufiwkzfiyr0.jpg)
बैकिङ कसुरका १३ वटा मुद्दाका फरार प्रतिबाधि पक्राउ
![सिराहामा छिमेकीको हत्या गरेको आरोपका फरार अभियुक्त पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/pakrau_20181126115448_nUf8dCUdJV_nvwYHLAPVC_k70trNEc3b_c5c9qesbfgha5ynnvejhggf8rc9jzoabjexgu9wy85qxytplrwingpgdhvmd_S3CVSAGPo7_qb83w3ib0itox4f8ehkfylzocw6tz1mtcyztk67u9jccq0kl3cdlhuj5jw5d.jpg)
सिराहामा छिमेकीको हत्या गरेको आरोपका फरार अभियुक्त पक्राउ
![भरतपुर क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुससहित पक्राउ](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
भरतपुर क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुससहित पक्राउ
![भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/82ccd63cc9d73a8ca65a930eabba8728_1qOGOixmXu_vkptdmkgnxeorggepihexkkxmacy3w4p4bgafykenw8olgfyywydhoarfhme_oEUs4sg7lb_hjr1zqzyxls8ojlgflyn24aviwdkn4knm2wdogdhfcmu22fz66oqmtkprw5h.jpg)
भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ
![मलद्वारमा लुकाएर ल्याएको सुनका मुख्य योजनाकारलाई एक वर्षपछि पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/bikas-yonjan-gold_P2myCIsnBe_P7Z0mASqmx_exDvgWaOR4_zmwjlyxue9a9glxg89lwzqhdkh8yuza6d6tllgdmj6cxurx0excpibrscdub_aKl1fX8kxY_txpetcmhi0o4lruffhwuagqx7limjygw3pocje3htx376n6pct3sth7vzb1s.jpg)
प्रतिक्रिया