उपकुलपति नियुक्तिबारे शिक्षा समितिको शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Sikshya-samiti-_LEQvMD7dM1_c1zfxoaqwfu0koj2ow9fzs8he9z8rchxajqi2jmqjlloyesj7tp93gffyew4_JBMtxxTckS_aosppedc5o9weajraedoqzficj3pcw9i6rncbpi3ib3v1pwfos3tybs6dpxj.webp)
काठमाडौँ, २९ माघ प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट ९छोटो सूची० मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे छलफल गर्दै बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक्तिको प्रक्रिया तत्काल रोक्नुपर्ने भनेपछि समितिले विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
समिति सभापति भानुभक्त जोशीले छलफलमा उठेका विषयबारे पुनर्विचार गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सिफारिस समितिलाई ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । “अहिले उपकुलपति छनोट प्रक्रियामा परेकामध्ये केहीलाई बौद्धिक चोरी, भ्रष्टाचार, सूचना लुकाएकालगायत आरोप लागेकाले ती व्यक्तिका बारेमा विशेष ध्यान दिनका लागि मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।
समितिले त्रिभुवन विश्वविद्यालयमा कार्यबाहक कुलपतिले विभिन्न निर्णय गरेको विषयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि निर्देशन दिएको छ । सभापति जोशीले उपकुलपति नियुक्ति पारदर्शी बनाउन र नियुक्ति प्रक्रिया सामान्य जनताले अनुभूत गर्नेगरी गर्न उपकुलपति सिफारिस समितिलाई आग्रह गर्नुभयो । उहाँले विश्वविद्यालय उपकुलपति नियुक्तिबारे फरक–फरक मापदण्ड रहेको पाइएको भन्दै विश्वविद्यालय शिक्षा सुधारका लागि सबै गम्भीर हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
बैठकमा शिक्षाराज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय ऐन बमोजिम उपकुलपति छनोटका लागि सिफारिस समिति बनेको भन्दै उक्त समितिले आवश्यक प्रक्रिया र ऐन कानुनबमोजिम योग्य र सक्षम व्यक्ति सिफारिस गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने भए पनि सर्टलिष्टमा परेका बौद्धिक चोरीको आरोप लागेका व्यक्तिका बारेमा सिफारिस समितिले आवश्यक छानबिन गर्ने विश्वास दिलाउनुभयो ।
यसैबीच बैठकमा बोल्ने सांसदहरुले उपकुलपति छनोट प्रक्रियाको सर्टलिष्टमा रहेका व्यक्तिहरु बौद्धिक चोरीको आरोप लागेका, सूचना लुकाएको आरोपमा सूचना आयोगबाट जरिवाना पाएका र भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू परेको भन्दै मन्त्रालय र समितिको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद बद्रीप्रसाद पाण्डेले उपकुलपति छनोटका लागि अधिकतम विवेक प्रयोग गरिनुपर्ने भन्दै छनोट प्रक्रियाको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार जरुरी भएको बताउनुभयो ।
सांसद डा चन्द्रकान्त भण्डारीले विश्वविद्यालय सुधार गर्ने कार्ययोजना र सोचका आधारमा छनोट प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताउनुभयो । सांसद विद्या भट्टराईले विश्वविद्यालयका कार्यबाहक कुलपतिले गरेका कानुन विपरीतका निर्णय भए रद्द गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद सुमना श्रेष्ठले कार्यबाहक उपकुलपतिले क्षेत्राधिकार मिचेर काम गर्न नमिल्ने जिकिर गर्नुभयो । सांसद तोसिमा कार्कीले उपकुलपति छनोटका सर्टलिष्टमा परेकामध्ये केही बौद्धिक चोरीमा संलग्न रहेको पाइएको भन्दै उनीहरुलाई उक्त सूचीबाट हटाउन माग गर्नुभयो । सांसद डा कालुराम राईले विवादमा परेका व्यक्तिलाई सर्टलिष्टबाट हटाउन सिफारिस समितिलाई आग्रह गर्नुभयो ।
सांसद रामप्रकाश चौधरीले उपकुलपति नियुक्ति मापदण्ड कडाइकासाथ लागू गरिनुपर्नेमा जोड दिनुभयो । सांसद ईश्वरी घर्तीले उच्च शिक्षा सुधारका लागि उपकुलपति योग्य र सक्षम व्यक्ति चयन गरिनुपर्ने बताउनुभयो ।
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_RvLzTRLzCr_gzkkheqgvw8swlanwugelgazqpdhpx0thkt85asnt8xthitlksvlrws64ohl.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_rv5lH1f6oD_kazyzvzfsxk0lwtquyo6wwpswfhhvyt6x4ulgml2jnc4hzu0cga5pxisiiga.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_Vo8wmw85NG_c3iinzivesprx7x2wrcu4dzwrrhz03q3l0fzsf33ipwu2yajocwhniuiqo0e.jpeg)
समाज सेवामा युवाको भूमिका महत्वपूर्ण
![अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/453103239_925517762953215_7666439444351459727_n_h9DPLRLzak_htn1bzklanbfcjcht16t7jqk0ipczchpxyqe79xc40hok8rjplnzs5xngya6_IqgmNjvExA_bt1zcq27rykvvbyznuphtcf95ntumkqqhlb0kof28maaqubvsmmghu1djv2o.jpg)
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा
![वीरगञ्ज भन्सारको कारोबार घट्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/birganj_custom_MbQWWdQxlE_8phfccphgixzqgzfvovy26sll315jsl0pozqsif6v6xnrlc1utmln150gzcz_8NngnDoIpP_hfjbxvdisare2x2j3pgmj3itdeapj0thgzsvxhh9hoawpfnzdqyguf49j7m0.jpg)
वीरगञ्ज भन्सारको कारोबार घट्यो
स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
![किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन](https://snowberry.prixacdn.net/media/gallery_folder/images_qyP2wEeohg_q9izt4w75cs6uxk6a45jbw7lcllg8ba6kcwj7i9vz3qm9tdxnszt1dk4samu_gEV0epX54C_asoifurfxwpdxargdpegf129ffd4rvrchmozglocspnfvgebkulomkmywhfp.jpeg)
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
![तरकारीखेतीबाट नाम र दाम दुवै](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520113812_G6jrOnOykp_kfgkuh9lwmk4gqcnkfxlpcbfrk7cfzgcypkywhjchjhkymylhozysb9licwl_oX9IxOEONI_9rze5stgzqq526naly7dnb0doted3ljn62wrolnuf6bn0vgqwtbgblcbmg4g.png)
प्रतिक्रिया