न्यायाधीश यज्ञप्रसाद आचार्य अपराधी हो, अरुण चौधरीलाई छोड्ने आदेश दियो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download%2520(1)_slFGss5Nvz_qtpraqc5poppd7phcrcwyq37dvyj4f4rrqtqu9ktucto0zopv0fd99wwwd7y_0ieTRE0GiH_wen4d10psfmvg1jwspar6i55vd7jtzgxar2slqx8gejint98lntkb1v6djf0.jpg)
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर बिष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन् ।
सोमवारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै न्यायधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन् ।
उनले आफूले छोड्न आदेश दिने न्यायाधीशको मुगु सरुवा गरेकोप्रति असन्तुष्टि जनाउँदै मुगु नेपाल नै भएकाले अनैतिक् काम गर्नेलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्ने माग गरे । उनले अपराधीलाई दण्ड दिनुपर्ने भन्दै उहाँले सरुवाको सट्टा कारबाही गर्न माग गरे । उनले सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त बनाएको बताए ।
उनले भने, ‘सरकारले थुप्रै राम्रा काम गर्दागर्दै पनि देशमा फेरि पनि भ्रष्टाचार र गरिबीले आक्रान्त छ । सरकारले जुन खालको पहलकदमी गर्दै गरेको अवस्थामा धेरै धेरै कुराहरु सुशासनको सम्बन्धमा सुशासनलाई कामय गर्दै जाँदा हुनतः हामी गठबन्धन सरकारमा छौँ ।
गठबन्धन सरकारलाई समेटेर लिनुपर्ने स्थिति पनि र त्यस्तै चुनौतिका बीच पनि विगतमा जनताले दैनिक उपभोग्य जुन काम गर्नुपर्दथ्यो । लाइन लागेर कामहरु गर्ने जुन स्थिति थियो । त्यो आज राहदानी विभागमा होस्, वैदेशिक रोजगारी विभाग थुप्रै ठाउँमा जनताले प्रत्यक्ष लाभ पाउने स्थनमा आज लाइन लाग्नुपरेको छैन । सुधारका थुप्रै कामहरु हुँदाहुँदै पनि त्यसका बीच्मा चुनौति छ ।
आज भ्रष्टाचारीलाई कारबाही गर्दैगर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति जुन छ । व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको आफ्नै क्षेत्राधिकार छन् तर कार्यपालिकाले गरेका कामहरुलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ । मैले आज न्युज सुनेँ । अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे । काराबाही स्वरुप । मुगु भनेको नेपालमै हो ।
मुगुमै किन सरुवा गर्नुप¥यो । त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले । त्यसैले यो बिडम्वनाको कुरा हो ।’
उनले सरकारको चाहेको जस्तो सुशासन गठबन्धन सरकारका कारण सम्भव हुन नसकेको उनको भनाइ थियो ।
![चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण](https://snowberry.prixacdn.net/media/gallery_folder/dengue_dRCI2kclh1_9xtadtriyuhkyfpwlrv6xegw2zndjb8uh16982ijfhctz8iwgshodbubyxwy_4BSHfkuJWR_vlo3emsemopoyrmspv14xvxc4l5tsz9rxwhbpkdql32zeuyuihrdrpznanuj.jpg)
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
![नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepal_Police_qwOqUoVHGI_rzyjytyybpvcnxcjurmo6bpnknrqdbiegewczprsje2ddr6gwj5gfd8n5i6h_oHkOwoIcPM_cx1jrwdlx80f6xtufveuwvwdcal9jv5jlvkhxi3qmjkqmqstsfgk3wvofxhs.jpg)
नेपाल प्रहरीका २८९ जना लेखापालहरूको सरुवा काे कहा पुगे(सुचिसहित)
![आऊ बलात्कारीको पूजा गरौं !](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%25A8%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A4%25BE%25E0%25A4%25AF%25E0%25A4%25A3%2520%25E0%25A4%25AA%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A4%25B8%25E0%25A4%25BE%25E0%25A4%25A6%2520%25E0%25A4%25A6%25E0%25A4%25BE%25E0%25A4%25B9%25E0%25A4%25BE%25E0%25A4%25B2_ViEhJklWD0_xtmyjshcdgaynheeklwcfgfbpgd0biwtmz3pmfez4vpvprchryv9tydyqmeb_kH67J6sree_vc86uuigrbuotm240tjuplrbbkmcecibfqkxv7mun2i4lyc0gu2w9ifsyr6u.png)
आऊ बलात्कारीको पूजा गरौं !
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/Yarsa_uqHthqGXlh_usn2vzey0cnnqnneuzu5nubawupnvhrijeyetamkxyzslkbkns8907f3ajg1_NIzHO23lvs_lswxuclsrba5ohvz1z7veau6yqroxkjznjtkisr7v9ihv1qnjnxzqef99ejy.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![चार सय परिवारलाई खानेपानी](https://snowberry.prixacdn.net/media/gallery_folder/oooo_5lECLiu7mJ_crmygim9zrpkoxttyss665lehpbulbbsmo7qthhpirmuj52ysgychuuweo9q_y7EhBi6LWS_zs9fxym9khcszras1i7zvtdt4iv3qqonift8bcafwctlfsviajy7v4hfr67d.jpg)
चार सय परिवारलाई खानेपानी
![तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_k8esafXHun_1rujk74wyknbufjh49l4otmms0msotlolvag5tu8yfsllgromqgv6j3aoqm6_Ia3TfaQLLF_45kamir2mfhivi2gsoq6j3wsmc1kri7t88z10sywkgxofisohyyxyuaewmsj.jpg)
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
![चारवटा प्रदेशमा भारी वर्षा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/y_CGHou8oQY7_atl2f9wuqfocqmnq9paqgprclp2fskxicysfulyp5buzmd6xoewi6ozr2pdd_hLTz1wR4ww_hcqiadnyfnlndtsinwmwwni2hs62tzttlaqfqauut11aeube4jbpiv6g1ttz.png)
चारवटा प्रदेशमा भारी वर्षा हुने
![पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष असद इकबाल बट पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/ANI-20240702115938_DnDBXCPWIM_2ft2pgvg0ui42esllan7mqpghbeucztv3kx2lkrvw5kf9935mg6rxbdxrak5_1SL1fJIUuS_py80f5evftjigvxzi9brca3d1si4u2dnqp5jw1h3f1ryceeb23mpwmygepfa.jpg)
प्रतिक्रिया