राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँ बानेशवरमा बिहान ११ बजेबाट सुरु हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० पेस, सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।