म्यानमारमा देशका सबै युवक-युवतीका लागि सेनामा भर्ती अनिवार्य

एजेन्सी । म्यानमार सरकारले उमेर पुगेका युवा पुरुष र महिलाहरुलाई अनिवार्य सैन्य सेवामा जानुपर्ने नियमको घोषणा गरेको छ ।

देशको बढ्दो शान्ति सुरक्षा माथिको चुनौती देखेर सेनाले १८ देखि ३५ बर्षका पुरुष र १८ देखि २७ वर्षसम्मका महिलालाई अनिवार्य सैन्य सेवामा सामेल गराउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सेनाले सार्वजनिक गरेको नियम अनुसार अब सो उमेर समुहका सबैले अनिवार्य २ वर्षका लागि सेनामा सेवा गर्नुपर्ने उल्लेख छ ।
सन् २०२१ को फेब्रुअरीमा कूद्वारा नागरिक सरकारबाट सत्ता कब्जा गरेको सेनाले पछिल्लो समय जातीय समूह र विद्रोही लडाकुको सामना गर्दै आएको छ ।