एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार जित

एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमात्र बनाएको थियो ।६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालको जितमा सिता रानामगरले ३२ रनको नटआउट पारि खेलिन् ।उनले ३७ बल फेस गर्दा १ छक्का र २ चौका प्रहार गरिन् ।

यसैगरी रुविना क्षेत्रीले १ छक्का र १ चौकाको मद्दतले २४ बलमा १७ रनको नटआउट पारि खेलिन् ।कविता कुँवर ५ तथा कप्तान इन्दू वर्मा १ रनमा पभेलियन फर्किएका थिए ।भुटानका लागि अञ्जु गुरुङ र अञ्जुली घलेले एक एक विकेट हात पारे ।

पहिला ब्याटिङ गर्दा भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन बनाउँदा कप्तान डेचेन वाङ्गमोले १७ तथा छिरिङ जान्ग्मोले १६ रनको पारि खेलिन् ।

नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दू वर्मा र कविता जोशीले समान एक एक विकेट हात पारे ।लगातार दोस्रो जितसँगै नेपाल समूह डीको शीर्ष स्थानमा रहेको छ ।

यही समूहमा रहेको अर्को खेलमा आइतबार हङकङ र माल्दिभ्स आमने सामने हुने छन् ।उक्त खेलमा हङकङ विजयी भए नेपाल एक खेल अगावै क्वाटरफाइनलमा पुग्ने छ ।समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार माल्दिभ्ससँग खेल्ने छ ।