सबैतिर निर्वाध चल्न थाल्यो टिकटक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/296bc7e0-82cd-11ee-8b17-2bd77203408f_rtqyONGh8h_iopfkfc7g97bwwfrjcxc4wx7c82qtexdjricxvijxnlqoobhgqpvrkinwgf6_KD1oRrYnB7_f8qdgcy7agedkwbxbpon8bolkohhwfnetkqxfvdqht9bjx5ny0cud7uwcymj.jpg)
काठमाडौं । गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्धको निर्णय गर्याे । त्यसको भोलिपल्टै नेपाल दूरसंचार प्राधिकरणले विभिन्न दूरसंचार र इन्टरनेट सेवाप्रदायकलाई नेपालभित्र टिकटक चल्न नसकिने बनाउन निर्देशन दियो ।
केहि समयपश्चात नाम चलेका र धेरै ग्राहक भएका इन्टरनेट सेवाप्रदायकले आफ्नो नेटवर्कमा टिकटक चलाउन नसकिने व्यवस्था त गरे तर, भित्रभित्रै गुपचुप तरिकाले धेरैजसो साना सेवाप्रदायकले प्राधिकरण र मन्त्रिपरिषदकै नियम नै टेरेनन् ।
प्रतिबन्धको उचित अनुगमन र नियमनको कमीका कारण हाल धेरैजसो स्थानमा भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) विना नै टिकटकमा सहज पहुँच पाउन सकिन्छ । खासगरी नाम चलेका इन्टरनेट सेवाप्रदायकले केही निश्चित स्थानमा टिकटक चलाउन नसकिने गरी डिएनएस र आइपी एड्रेस ब्लक गरेपनि धेरैजसो सरकारी कार्यालय र सार्वजनिक स्थानमा टिकटकको पहुँचमा सहजै पुग्न सकिन्छ ।
अझ देशकै प्रशासनिक केन्द्रको रुपमा रहेको सिंहदरबारमा अझै निर्वाध प्रतिवन्धित टिकटक चलिरहेको देख्न सकिन्छ । खासगरी सरकारले लहडमा टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेपनि यसको उचित प्राविधि ज्ञान नै नहुँदा सरकार प्तिबन्ध कार्यान्वयनमा असफल बनेको देखिन्छ । दूरसंचार क्षेत्रको प्रमुख निकाय संचार मन्त्रालयकै इन्टरनेटमा टिकटक चलिरहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
मन्त्रिपरिषदले टिकटकमा प्रतिवन्ध लगाउने निर्णय गरेयता मात्रै नेपाल दूरसंचार प्राधिकरणले टिकटक नचलाउन, चलेको भए खवर गर्न भन्दै पटक–पटक सूचना जारी गरिसकेको छ । त्यसरी जारी गरिएका सूचनाहरु देशकै मुख्य प्रशासनिक केन्द्रमा भने लागू नभएको अझै देख्न सकिन्छ ।
टिकटक प्रतिवन्ध भएयता कुनै स्थानमा टिकटक चलेको भए जानकारी लिन र टिकटक बन्द गराउनका लागि भन्दै नेपाल दूरसंचार प्राधिकरणले एक कमिटी नै गठन गरेको थियो । कमिटीले टिकटक चलेनचलेको पत्ता लगाई चलेको भए तत्काल ब्लक गर्न निर्देशन दिँदै आएको थियो ।
खासगरी भिपिएन र ओपन डिएनएस प्रयोग गरेर टिकटक चलाउन सकिने भएपनि सबैजसो इन्टरनेट सेवाप्रदायकले भने डिएनएस ब्लक गरिसकेको इन्टरनेट सेवाप्रदायक संघ नेपाल –आइस्पान)का अध्यक्ष सुधीर पराजुली बताउँछन् । उनका अनुसार सबैजसो इन्टरनेट सेवाप्रदायकले टिकटक चलाउन नसकिने गरी यसको डिएनएस ब्लक गरिसकेका छन् ।
तर, केही प्रयोगकर्ताले भने ओपन डिएनएस र भिपिएन प्रयोग गरेर चलाइरहेको उनले बताए । ओपन डिएनएस र भिपिएनको प्रयोगमा पूर्ण रुपमा रोक लगाउन नसकिने भएकाले यसमा भने समस्या निम्तिएको उनको भनाई छ । नेपालका आइएसपीहरुले ओपन डिएनएस ब्लक गर्न सक्दैनन् । त्यसमाथि भिपिएन ब्लक गर्न सकिने कुरै भएन । तर, टिकटकको डिएनएस सर्भर भने हालसम्म ब्लक नै रहेको उनको भनाई छ ।
यता संचार मन्त्रालय भने पछिल्लो समय टिकटकमाथिको प्रतिवन्ध खुकुलो भइरहेको स्वीकार्छ । मन्त्रालयका प्रवक्ता नेत्र सुवेदी पछिल्लो समय धेरैजसो स्थानमा टिकटक प्रयोग प्रतिवन्धका बावजुद पनि बढिरहेको बताउँछन् । ‘धेरै ठाउँमा टिकटक चलेको गुनासो पछिल्लो समय बढी आइरहेका छन्,’ उनले भने, ‘सबै क्षेत्रको तथ्यांक संकलन गरी हामी त्यहीअनुसार काम कारबाही अघि बढाउँछौं ।
नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टिकटक चलाउन नसकिने गरी कार्य गर्नुपर्ने भएपनि स्वयम सरकारी केन्द्रभित्रै टिकटक चल्नुले सरकारको कमजोर नियमन छर्लङ हुन्छ । त्यतिमात्रै होइन साना तथा मझौला र नयाँ इन्टरनेट सेवाप्रदायकले अझै मन्त्रिपरिषद र प्राधिकरणको निर्देशनलाई लत्याएर आफ्नो सिस्टमबाट टिकटक नचल्नेगरी कार्य नगरेको समेत पाइएको छ ।
सरकारले आफै हस्तक्षेप गर्नेगरी आफ्नै संयन्त्र वा कानुन नबनाउँदा हरेकपल्ट आइएसपीले दुःख पाईरहेका छन् । अर्थात सरकारले नै नेपालमा भित्रिने टिकटकको ब्याण्डविथमा प्रतिवन्ध लगाएको अवस्थामा आइएसपीहरुले आफ्नो नेटवर्कमा डिएनएस सर्भर ब्लक गर्नुपर्ने थिएन ।
इन्टरनेट सेवाप्रदायकले कुनै एप वा प्लेटफर्मको आइपी ब्लक गर्दा अर्काे कुनै माध्यमबाट वा प्लेटफर्मबाट त्यो सेवा उपलब्ध भइराख्ने अवस्था आउँछ । अर्थात अहिले नेपालमा टिकटक प्रतिबन्ध लगाएपछि निम्तिएको समस्या यहि हो ।
धेरैजसो सेवाग्राहीले घरको इन्टरनेटमा टिकटक नचलेपछि भिपीएन वा डिएनएस परिवर्तन गरेर टिकटक चलाईरहेका छन् । यतिमात्रै होईन, सरकारले यस्ता प्लेटफर्महरु बन्द गर्न निर्देशन दिएपनि केहि सेवाप्रदायकले त्यो निर्देशनसमेत मान्दैनन् ।
जसका कारण नेपाल सरकारले प्रतिवन्ध गरिएको भनिएका साइट वा प्लेटफर्महरुमा सहजै पहुँच पाईन्छ । यसले सरकारी निर्देशनलाई पनि प्रभावकारी रुपले कार्यान्वयनमा असर गरेको देखिन्छ ।
खासगरी नेपाल सरकारले एप्पल, गुगललगायतका प्लेटफर्महरुसँग राम्रो पहुँच र सम्बन्ध अघि बढाएको छैन । नेपालले प्लेस्टोर, गुगल वा एप्पलसँग सीधै नेपालमा प्रतिवन्धित एपहरु संचालनमा रोक लगाउन आग्रह गर्नका लागि पनि कानुनको आवश्यकता पर्छ ।
सरकारले हालसम्म यस्तो कानुन निर्माण गर्न सकेको छैन । अझ भनौं करिव ३० बर्ष पुरानो दूरसंचार ऐनले नै हालको दूरसंचार क्षेत्रलाई नियमन गरिरहेपनि त्यसमा भएका धेरैजसो बुँदाहरुले नयाँ प्रविधिलाई छुँदैनन् ।
हाल नेपालसँग यस्ता एपहरु प्रतिवन्ध लगाउने भन्नेबारे निश्चित कानुन र ऐनमा व्यवस्था नहुँदा एप उपलब्ध गराउने प्लेटफर्महरुसँग सिधै सम्पर्क गर्न नसकेको प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।
![अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/74543408007-vp-kamala-harris-rbb-003_MEpuCogvhq_calfyy2g6jphtmc7mddlkidk4hwduddmdxk0zqhxfe6lhnfumnwdbmm8ieyp_MDzPST2c0K_yttqa8bfpglyg1smikb82zcyrjwgwoiyqjwfmkafcazkwujhekrl6b8tes8t.webp)
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट
![अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_cUwJ1mLnU7_2zso0zqb3htsbsyqtcn0eqmrpw2ixvnknyl2h3qdhlwmuxy9skoizlxdovpw_lM0p4u8EAD_7nxmqsbup761b6ea93i6ruw6ycqwp9hl9vvau4zw9z5rwyhkiovxamg7oose.jpeg)
अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने
![ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/whatsapp-username-feature-techpana-news_wklwiyxeOo.jpg.760x430_q100_crop_FHrCQdyDTx_sshlmfefudbj2qxwckstcpmxgeayplv0uimphsobgxtafrbqhtzzekazk874_QyXaZBZQp7_gtaurajasyvxpplhm7rtsyyggbly499tlci6iay8pjnoslz56xs7mae7pr6r.jpg)
ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने
![बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि](https://snowberry.prixacdn.net/media/gallery_folder/mercury-has-an-11-mile-thick-diamond-layer-between-its-core-v0-h8bWRAZyqBntMAfyaiBkFbOsLzHJQcPfhhf38VSEivo%2520(1)_qMWCApFJYi_dqptleman8lvaw3osvqfqjnwuxntbvq8paiasdtf0e1zbtxwbl0f2bfuwqd5_zNKo97LMY1_iq7jgdjigxnx7my8n3cgp0xukta0zhossjxsdut8uxiqmqq5gxo0wykf9clq.webp)
बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि
![माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft-says-about-8-5-million-of-its-devices-affected-by-crowdstrike-related-outage_atOtKkQyTR_hcvhcnxmnvaqdxl6hxc8qmvqtazngzfeupvomyffemix8nifoy4akas83ihv_I3oTixtxKs_c2itda7nn0d5bgpkbk1anj8jtpkrhpvv6nrabf3gwt2lqtmku7lhlvslntq3.webp)
माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-elon-musk-tesla-spacex_6127240_PqXOzmc3nq_a8mce8emlr8hkor6arog5joqupkubu8tvwjspbyi9i6jfmbi5cs7dcty2cs7_W8kq0TacGX_b3gzoqqifoqln6u32qn9yzugqhbkdgilzgtkthkkew9lufi59sofnakcduis.jpg)
माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि
![सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्रामक सूचना फैलियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Facebook_Rhm5OwouEG_kumofpczh97qy9pmrz15gjk6cu43pmalj9grhzbm04dcbie15btncgqyhtmy_uYy1bnEbGz_cxmvgsjaadoup7lryrd96tuuok4ndnzilshdkbke9fogh5oysdsdvy0ctjca.jpg)
सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्र…
![रेडियो र टिभीमा एसईईको ग्रेड वृद्धि कक्षा सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE_Exam_techpana_caSnkOLq1z_XZV500Qb5B_s4mtnjkpvmuw4j5n4fsjnqmd8zqhuv4yvhuz4rnrnpzmrfxbwogrpj9vmkpp_twfgVTigp4_uwm00f7w0gsqe9yzf90qwma5l7m0kaa8h6jxefjwuelodb0otdcx39jaqnxs.jpg)
प्रतिक्रिया