फरवार्डद्वारा अनर्गल प्रचार गर्ने फेसवुक पेज माथि कारवाहीको माग गर्दै उजुरी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/5444_HVh21IT4Xh_hsge9ecqkwj6g12dsi9xr9r8hn5zkwyxpwihqnql6vurb5f3r8pwjuiklbyv_gFBSyIvCto_sm17ewehnngck6isl9ycyqlus8qwtdo42u1mrbjgui0jyhek3omesokipfml.jpg)
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विषयमा अनर्गल तथ्यहिन सूचना सम्प्रेषण गरेको भन्दै एसटीपी खबर नामक फेसवुक पेज विरुद्ध कानुनी कारवाहीको माग गर्दै उजुरी दिइएको छ । ‘फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको’भन्दै तथ्यहिन अनर्गल प्रचार गरेको भन्दै फरवार्ड प्रेस काउन्सिल नेपालमा कानुनी कारवाहीको माग गर्दै उजुरी दिइएको फरवार्डको कटहरी शाखाले जनाएको छ ।
गत माघ ९ गते कटहरीया रौतहट शाखामा मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति, रौतहटको नाममा केही ब्यक्तिहरुको समुहले जबरजस्ती शाखामा प्रवेश गरी ब्यानर, सुचनापाटी च्यात्ने तथा ताल्चा लगाउने, कर्मचारीहरुलाई गालीगलौज गर्ने कार्य गरेको तथा सोही क्रममा रौतहटको कटहरीया नगरपालिकामा रहेका अन्य लघुवित्त वित्तीय संस्थाहरुमा समेत सोही अनुसारको उत्तेजक कार्य गरी सवै लघुवित्तमा ताल्चा लगाएका थिए । घटनापछि ईलाका प्रहरी कार्यालय कटहरीया, रौतहटले सोही दिन साँझ ७ बजे प्रहरीको रोहबरमा वित्तीय संस्थाहरुमा लगाएको ताल्चा खोलेको थियो ।
घटनाको २ दिनपछि एसटीपी खबर नामक फेसवुक पेजमा सोही भिडियो राख्दै फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको’उल्लेख गरेकोमा फरवार्डले आपत्ति जनाउँदै कारवाहीको लागि काउन्सिलमा उजुरी गरेको हो ।
‘उल्लेखित घटनाको दुई दिनपछि मिति २०८०।१०।११ गते STP Khabar नाम गरेको Facebook ID मा “फरवार्ड लघुवित्त संस्थाले पिडितहरुको बचत फिर्ता नदिएपछि पिडितहरुले संस्था कब्जा गरेको छ” भनी मिति २०८०/१०/०९ गतेको घटनाको भिडियो राखी गलत तथा भ्रामक समाचार सम्प्रेषण भएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’ फरवार्डले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ ।
फरवार्ड माईक्रोफाइनान्स बैंक तथा वित्तीय संस्था ऐन अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था भएको र संस्थाले विपन्न परिवारका महिलाहरुलाई बिना धित्तो सरल तरिकाले गाँउगाँउमा समुह बनाई लघुकर्जा प्रदान गर्दै आईरहेको, ग्राहक सदस्यहरुबाट भएको बचत रकम निजहरुकै नाममा जम्मा हुने र सो कारोबार अनलाईन पासबुकबाट समेत हेर्न सकिने ब्यवस्था गरिएको संस्थाले जनाएको छ ।
सदस्यहरुबाट बचत खातामा रहेको रकम मागभए कार्यालय समयमा जहिलेसुकै सजिलै भुक्तानी दिने गरिएको हुँदाहुँदै एकपक्षीय समाचार सम्प्रेषण गरेकोमा संस्थालाई बदनाम गर्ने नियत रहेको फरवार्डको ठहर छ । ‘राष्ट्रिय स्तरमा राम्रो छवि भएको वित्तीय संस्थाको मानमर्दन हुनेगरी गलत तरिकाबाट एकपक्षिय रुपमा सामाचार सम्प्रेषण गरी ग्राहक सदस्यको बचत फिर्ता नदिएको भन्दै सामाजिक सञ्जाल मार्फत स्थापित भई सकेको छबिमा असर पुग्ने गरी गरेको कार्यको घोर भत्सर्ना गर्दछौं ।’ कटहरीया शाखा प्रमुख कृष्ण साह सोनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कुनै आधार प्रमाण बिना गलत अफवाह तथा भ्रम फैलाएको र बैकिङ् क्षेत्रको अत्यावश्यक वित्तीय सेवामा समेत असर पुग्ने गरी गरिएको समाचार सम्प्रेषण पत्रकार र पत्रिकाको आचरण बिपरितको कार्य गरेको पाएकाले आवश्यक कारवाहीका लागि सम्बद्ध पक्षहरुसँग जोडदार माग गरिएकाे छ ।
![मुम्बईको ३९ वयस्क र १३ बालबालिका बस्ने तीनतले भवन ढल्यो,फसेकालाई बाहिर निकाल्ने काम तीव्र](https://snowberry.prixacdn.net/media/gallery_folder/himanchal-house-1_6pws1EAGrH_5wuwayxkko8twlmdjqnlwzshywq6eejgbijmdpr9meglbijuv174mrpgbsjo_MipReKampw_zh6tnamdplg4mjrsf4wi9zei9pxy5ojkk9lcisjv9p4kidvlatf0dosmhw2c.jpg)
मुम्बईको ३९ वयस्क र १३ बालबालिका बस्ने तीनतले भवन ढल्यो,फसेकालाई बाहिर निक…
![धादिङमा एकै स्थानमा तीन वटा चितुवा मृत फेला](https://snowberry.prixacdn.net/media/gallery_folder/Picsart_24-07-27_10-01-48-963_rGfzMdU8hU_GqwTr5X2JM_ncqjbkje8orfqjxu6tcnfcyuqvwdmdubv1kxsto3ll94ybkgzzvhtg2ru2bq_Vrkfmn4K1V_gjh6mdbckdnoynvx6d3f6wnsiyjzxldyc4w4wuwgafmqrwo608alwvk9dazg.jpg)
धादिङमा एकै स्थानमा तीन वटा चितुवा मृत फेला
![जापानमा भारी वर्षाकाे कारण हजारौं स्थानीयलाई सुरक्षितस्थलमा स्थानान्तरण](https://snowberry.prixacdn.net/media/gallery_folder/67097ead-252d-48c6-a51d-cde97dc58e3006062023065622.jpg_NmBm1AjDWj_fmcwl63vjw6a4uxkqg924xo3jy6ssyihueh2fkms8msttzbsvj1p8etl4kpn_D2aHp2sXtR_wsodbmihl92kt0onk5zvrlc3aluasjkqxhd1qomlbzcz1x8drsey2wb4fnl9.jpeg)
जापानमा भारी वर्षाकाे कारण हजारौं स्थानीयलाई सुरक्षितस्थलमा स्थानान्तरण
![अभिलेख नहुँदा नागरिकताबाट वञ्चित](https://snowberry.prixacdn.net/media/gallery_folder/citizenship2024-06-19-12-18-21_4UmUpiJNiG_wfkeibgjxy3lgo7parfir4pot2kiax5zmg4j5v8swzh3keg28lsne6w3j3vz_06YO1ELh1T_iq2ur0bpknqtq2uo0eamoucn7c04zutrhkvgcj1k4ruxzvfna4hblmtwjm5a.jpeg)
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित
![उत्तर कोरियाली ह्याकरहरुले बेलायत, अमेरिका र दक्षिण कोरियाकाे परमाणु एवम् सैन्य मामिलासम्बन्धी गोप्य सूचना चोर्ने प्रयास](https://snowberry.prixacdn.net/media/gallery_folder/cyber_Crime_20210612065805_5cM2u9i487_dduwu5p6xq99jd5w4mc8bdqwgfc59xivey3d3dnd0itx0bvtu5hpiqwvthxv_PrKO8ttiWV_pzajy6utkfefnly5i6hy0j7nwmknping5ysbssskcgfdgqezoeaj6zpkep2o.jpg)
उत्तर कोरियाली ह्याकरहरुले बेलायत, अमेरिका र दक्षिण कोरियाकाे परमाणु एवम् स…
![सिमलताल पहिरो : त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन,४० किलो चुम्बक प्रयोग गरी खेजिने](https://snowberry.prixacdn.net/media/gallery_folder/450427410_1456058331946286_7144104207197784348_n_fLwPgyts4O_qqrnkjb8lpyvvisqfr3ykj3cbkxizbd4zwolfydrmvidu3hndpkcophclnkp_CkEpHcy0Jf_k4qfzfry5qbcvpdmsaomvawu6a4mzqqncnbzoeftscjcga67qtywgbr0fzya.jpg)
सिमलताल पहिरो : त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज सोह्रौं दिन…
![रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङसँग भेट गर्ने प्रधानमन्त्री ओलीले बौद्ध जाने](https://snowberry.prixacdn.net/media/gallery_folder/_120026577_kpoli-4_t1xUPom3kF_sijttccvpmao5njreji5l2mznt00wetmohajckm3kws1ziihdsylcjgxem9q_kHwfxcWffP_yk5c447u4f3glqehga4sckxuubzybhth0kfsywir5s5kyi6rhainqwmc14zd.jpg)
रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङसँग भेट गर्ने प्रध…
![सामाजिक सञ्जालमा जातीय विभेद हुने शब्द पोस्ट् गरेको आरोपमा एक शिक्षक पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/1722051091_Teacher-1200x560%2520(1)_I2Ez6Q936g_gxzmmjk51phsn4x6nze2l69z6buaq0mvfhmlndbwls3nbwosd9f7mok3pwtb_0cKaX0IeNN_bvcrz6wxoe9qojbkdnekvh3u0vllk5qdxwu0tprvj11xitkpaz1l2ioaucj0.jpg)
प्रतिक्रिया