‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lmc_3_v3shfzwwPs_JhcyYlr8Nr_mno2gv3nepwefaeyqp6ndc4a2gx4vdk7mzirs5sbm9vqwvs9wyyix0y2ckud_881hmyt9uM_vi5bmzeu8ovlexdsscrrpivoamuvklewi8lpmwdfxb3pskc5gcdg87yycegf.jpg)
ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक गरेको छ । महानगरका नागरिकका तथा विपद सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त ‘एप’को व्यवस्था गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित एक कार्यक्रमबीच ‘एलएमसी अलर्ट’ एप सार्वजनिक गर्नुभएको हो । महानगरले नागरिकका समस्या तत्कालै समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त मोवाइल एप्लिकेसनमा अनलाइन तथा अफलाइन माध्यमबाट आफ्ना गुनासा तथा समस्या दर्ता गर्न सक्नेछन् । गुनासा तथा समस्या दर्ता गर्ने बित्तिकै महानगरको ‘प्रहरी कन्ट्रोल रुम’मा साइरन बज्नेछ । लगत्तै समस्या अनुसार नगरप्रहरी, दमकल र एम्बुलेन्स परिचालन गरिनेछ ।
घटनास्थलमा पुगेर नागरिकको सेवा गर्ने अभिप्रायले एप तयार गरिएको प्रमुख महर्जनले बताउनुभयो । एपमा नागरिकले २१ विषयका समस्या र गुनासा पठाउन मिल्ने छ । “स्मार्ट सिटी बनाउन गर्नुपर्ने काममध्येको यो एउटा हो”, उहाँले भन्नुभयो । यसका लागि चार स्थानमा विपद व्यवस्थापन शाखा सञ्चालन गरिने प्रमुख महर्जनले जानकारी दिनुभयो ।
एप सार्वजनिक कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले एपको माध्यमबाट नागरिकलाई सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो । नगरप्रहरी प्रमुख सिताराम हाछेथुले विपद्को समयमा नागरिकले सहजै र छिटो सेवा प्राप्त गर्नुका साथै जनधनको क्षति रोक्न एप उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
![अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/74543408007-vp-kamala-harris-rbb-003_MEpuCogvhq_calfyy2g6jphtmc7mddlkidk4hwduddmdxk0zqhxfe6lhnfumnwdbmm8ieyp_MDzPST2c0K_yttqa8bfpglyg1smikb82zcyrjwgwoiyqjwfmkafcazkwujhekrl6b8tes8t.webp)
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट
![अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_cUwJ1mLnU7_2zso0zqb3htsbsyqtcn0eqmrpw2ixvnknyl2h3qdhlwmuxy9skoizlxdovpw_lM0p4u8EAD_7nxmqsbup761b6ea93i6ruw6ycqwp9hl9vvau4zw9z5rwyhkiovxamg7oose.jpeg)
अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने
![ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/whatsapp-username-feature-techpana-news_wklwiyxeOo.jpg.760x430_q100_crop_FHrCQdyDTx_sshlmfefudbj2qxwckstcpmxgeayplv0uimphsobgxtafrbqhtzzekazk874_QyXaZBZQp7_gtaurajasyvxpplhm7rtsyyggbly499tlci6iay8pjnoslz56xs7mae7pr6r.jpg)
ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने
![बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि](https://snowberry.prixacdn.net/media/gallery_folder/mercury-has-an-11-mile-thick-diamond-layer-between-its-core-v0-h8bWRAZyqBntMAfyaiBkFbOsLzHJQcPfhhf38VSEivo%2520(1)_qMWCApFJYi_dqptleman8lvaw3osvqfqjnwuxntbvq8paiasdtf0e1zbtxwbl0f2bfuwqd5_zNKo97LMY1_iq7jgdjigxnx7my8n3cgp0xukta0zhossjxsdut8uxiqmqq5gxo0wykf9clq.webp)
बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि
![माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft-says-about-8-5-million-of-its-devices-affected-by-crowdstrike-related-outage_atOtKkQyTR_hcvhcnxmnvaqdxl6hxc8qmvqtazngzfeupvomyffemix8nifoy4akas83ihv_I3oTixtxKs_c2itda7nn0d5bgpkbk1anj8jtpkrhpvv6nrabf3gwt2lqtmku7lhlvslntq3.webp)
माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-elon-musk-tesla-spacex_6127240_PqXOzmc3nq_a8mce8emlr8hkor6arog5joqupkubu8tvwjspbyi9i6jfmbi5cs7dcty2cs7_W8kq0TacGX_b3gzoqqifoqln6u32qn9yzugqhbkdgilzgtkthkkew9lufi59sofnakcduis.jpg)
माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि
![सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्रामक सूचना फैलियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Facebook_Rhm5OwouEG_kumofpczh97qy9pmrz15gjk6cu43pmalj9grhzbm04dcbie15btncgqyhtmy_uYy1bnEbGz_cxmvgsjaadoup7lryrd96tuuok4ndnzilshdkbke9fogh5oysdsdvy0ctjca.jpg)
सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्र…
![रेडियो र टिभीमा एसईईको ग्रेड वृद्धि कक्षा सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE_Exam_techpana_caSnkOLq1z_XZV500Qb5B_s4mtnjkpvmuw4j5n4fsjnqmd8zqhuv4yvhuz4rnrnpzmrfxbwogrpj9vmkpp_twfgVTigp4_uwm00f7w0gsqe9yzf90qwma5l7m0kaa8h6jxefjwuelodb0otdcx39jaqnxs.jpg)
प्रतिक्रिया