नवप्रर्वतनलाई जोड दिँदै आविष्कार केन्द्र
![](https://snowberry.prixacdn.net/media/gallery_folder/ROBOT_NIC_3lBee2a1QH_qqwcgdybundrgms9kce075hyp7hr0hqe0dg5mck1mwruiwco7hcp6lfepbgp_6ucim8Zmim_ja5schnwqd00rnqlhtgucczyxahj0fg0eiautttj2gpc6zwekwvorsdqlop4.jpg)
काठमाडाैँ, १४ माघ : अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रमार्फत आफ्ना गतिविधि बढाएको छ ।
विश्वविद्यालयले सन् २०२१ मा अनुसन्धान केन्द्र, आविष्कार र आविष्कार केन्द्र (आरसी–आइआई) स्थापना गर्दै समयसापेक्ष नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिँदै सैद्धान्तिक ज्ञानलाई अनुसन्धान, अन्वेषण तथा आविष्कारसँग जोडेको विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमल्सिनाले जानकारी दिनुभयो ।
विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई पारिवारिक तथा अन्य कारणले पठनपाठनलाई नियमित गर्न नसकेकाहरूलाई समयानुकूल तालिम तथा सीपअनुसारको आविष्कार गर्न यथाशक्य सहयोग पुर्याउने उद्देश्य राखेको उहाँले बताउनुभयो । केन्द्रमा हालसम्म आठवटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन भएको जानकारी दिँदै उहाँले यसको प्रयोगबाट कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिने बताउनुभयो ।
केन्द्रमा घाँस टुक्र्याउने, गोबर पेल्ने, कोदो प्रशोधन गर्ने औजार, सोलार ड्रायर, दाउरा चिर्ने, अदुवा प्रशोधन गर्ने उपकरण निर्माण भइसकेका छन् । यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले पनि विश्वविद्यालयसँगको सम्झौतामा आधारित भई प्राविधिक सहयोग गरेको रजिष्ट्रार तिमल्सिनाले जानकारी दिनुुभयो । केन्द्रमा पेट्रोल स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याइसकिएको छ ।
केन्द्रमा अन्य मेसिन पनि निर्माणको प्रक्रियामा रहेको उल्लेख गर्दै तिमल्सिनाले प्रदेश सरकारको प्राथमिकतामा रहेको बाँदर धपाउने मेसिनको निर्माणका लागि ड्रोन प्रयोग गरी बाँदर धपाउने प्रविधिको विकास सुरु गरिएको बताउनुभयो ।
![विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो](https://snowberry.prixacdn.net/media/gallery_folder/275526729electric-line_WS6n8poNMj_6jxps1me9anv23mnyqupbtaptv1pctfu7w5kdfu7nlekbywltob8ggmxwsrs_5Zoj2D4ebL_j1famq3bsza0pyu6dqzmbtj3uisz4mhjkmqdnnw6h4xb8ipy91gmhncxekop.jpeg)
विद्युत् बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो
![अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/b%2520p%2520shanti%2520samaj%2520photo_njwL5aEDRH_valas3i4ijwymv4ifhoqqnjzeyufxzui6olkqs6pckrmywmjiykhef8etw6v_WiDeEwSm5O_sikeoifmovxeejpbuwpzljthbh7icw0yibrcsduizmcvpcqqnwkgpop8kbtc.jpeg)
अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने
![धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास](https://snowberry.prixacdn.net/media/gallery_folder/Nova-Hospital_B4jErkr9AR_nkxga7klyjokcjkpttv0kknwo17afybljip0d9okctluhwfc2prri8y6ngzg_s1AB4rgJHg_rufqtgv4ils7fg3gy6rknm6ll87ikzffsabtfomlqt8apvajlg2pskbiieur.jpg)
धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरील…
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_Bjpg3YO9ks_8ajguenfaqirp0ih6xdq8zdk0ugvfxvzsnsylkvhozol6oejs5aq35yylhdv.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_eUl2VEw8Uc_tfbgo4pwbq24unla5euummuysfuqiis0du4n8dwioggbxwuubv3lccxojgk6.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_acbJSNZQkO_kp3oovfl8wbf4ajxtfvpfmscm8hx5zztyalixcladfsjv2xjwvskp2h1zrcf.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_wkl6U8RQoO_twk0jxgxnwcgwaje0qqdla71swf1xt1mk3eckiawqsthp6kckw85gr1yg2ub.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_RLKsWvbmPq_ynkj2huibzmbehrb8xx43o10ztwy5jmbsuy1clxifrrkezejoqtuppm3qgpl.jpg)
प्रतिक्रिया