कलेजो कसरी बिग्रिन्छ, समस्या देखिएको कसरी थाहा पाउने?

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ।

कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो ।

शरीरका आन्तरिक अङ्गहरूमध्ये कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो।शरीरको विशाक्त पदार्थ बाहिर निकाल्नुका साथै, पाचनप्रक्रिया, मेटाबोलिज्मलाई सन्तुलनमा राख्नु कलेजोको मुख्य काम हो।  यसले पोषक तत्वहरूलाई भण्डारण पनि गर्ने हुँदा कलेजोलाई स्वस्थ राख्न जरुरी छ। दैनिक गरिने केही क्रियाकलाप, गलत बानी र खानपानका कारण कलेजोमा नकारात्मक असर पुग्ने हुन्छ। 

कलेजोमा खराबी भए पाचन यन्त्र चुस्त हुँदैन । शरीरमा विषाक्त पदार्थ फैलन्छ । जब शरीरमा विषाक्त पदार्थ फैलन्छ, तब विभिन्न अंगमा त्यसको सोझो प्रभाव पर्न थाल्छ । यसले क्रमस मिर्गौंला, मुटु सबैमा असर गर्न सक्छ । यति संवेदनसिल कलेजोको सुरक्षा वा बचाउ कसरी गर्ने ? 

कलेजोको समस्याः
कलेजो एउटा सिंगो अलग प्रकारको अंग हो। यसमा बिभिन्न समस्या आउन सक्छ, कुनै पनि कारणले बिग्रिन सक्छ।

कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ। यो अल्पकालिन र दीर्घकालिन दुवै हुन सक्छ। कुनै विशेष कारणवश् सात दिनदेखि दस दिनमा समस्या आएमा त्यो अल्पकालिन हुन्छ। 

कलेजोमा समस्या देखिएको कसरी थाहा पाउने?  

यो साधरणतया साइलेन्ट रोग हो। सुरूमा रोगको लक्ष्यण देखिन्छ भन्ने छैन। कतिपय मान्छेहरूलाई यसबारे थाहा हुँदैन।

साधारणतया यदि कसैलाई लिभरको समस्या भयो भने पेटको माथिल्लो भागमा अलिकति दुख्ने समस्या हुन सक्छ। आलस्य लाग्ने खानामा रुचि नलाग्ने समस्या आउन सक्छ।

यो अलिकति बढ्यो भने जन्डिसको परीक्षण गर्नुपर्छ। पेटको दुखाइ बढ्न सक्छ। सुरूमा यसको कुनै लक्षण हुँदैन। पछि साधारण दुखाइ हुन सक्छ। पछि एकैचोटि बिरामी समस्या जटिल भएपछि मात्रै आएका हुन्छन्।

कलेजोमा समस्या छ कि भनेर शंका गर्नु सबभन्दा राम्रो हो। जंक फुड बढी प्रयोग गर्नेहरूले शंका गरिहाल्नुपर्छ। यदि हाम्रो उचाइ अनुसारको तौल बढी छ भने पनि शंका गरिहाल्नु राम्रो हो। जीवनशैली राम्रो,उचाइ अनुसारको तौल छ भने आत्तिनु पर्दैन। खानामा अनुशासन र नियमित व्यायम नै कलेजो स्वस्थ राख्ने राम्रो उपाय हो। तर कुनै शंका छ, समस्या देखियो भने अल्ट्रा साउण्ड र कलेजोको काम गर्ने प्रक्रियाको परीक्षण गरेको राम्रो हो।

शरीरका आन्तरिक अङ्गहरूमध्ये कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। शरीरको विशाक्त पदार्थ बाहिर निकाल्नुका साथै, पाचनप्रक्रिया, मेटाबोलिज्मलाई सन्तुलनमा राख्नु कलेजोको मुख्य काम हो।  यसले पोषक तत्वहरूलाई भण्डारण पनि गर्ने हुँदा कलेजोलाई स्वस्थ राख्न जरुरी छ। दैनिक गरिने केही क्रियाकलाप, गलत बानी र खानपानका कारण कलेजोमा नकारात्मक असर पुग्ने हुन्छ।