काठमाडौँमा आजदेखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने

काठमाडौँ । काठमाडौँमा आजदेखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

आज (माघ ७ गते) महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, माघ ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, माघ ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन ।

माघ ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ१२ गते गोल्फु टारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।