काठमाडौं उपत्यकामा सार्वजनिक बस चलन थाले

काठमाडौं उपत्यकामा सोमबार देखी मयूर यातायात चलन थालेपछि ,आज सुन्दर यातायातले राजधानीमा सार्वजनिक बस चलाउन थालेका हुन ।

सोमबारबाट मयूर, संयक्त, महानगर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेको छ ।

यातायात व्यवसायी कम्पनीका दुई छाता संगठनहरुले बस नचलाउने निर्णय गरेपनि अब कम्पनीहरुले निर्णय अवज्ञा गर्न थालेका छन् ।

सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।

बस चालकहरुले यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो।