२४ घण्टा नटिक्ने अध्यादेश ल्याउन प्रधानमन्त्रीलाई कसले दिन्छ सल्लाह ?
काठमाडौं । एउटा विवाद मिलाउन अर्को विवाद सिर्जना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली पूरानै हो । झन्डैझन्डै पार्टी विभाजनको अवस्थामा पुगेको बेला प्रधानमन्त्री एंव नेकपा अध्यक्ष ओलीले कसैलाई पत्तै नदिकन ल्याएको अध्यादेशले पार्टीभित्र सहमतिको फूल फुलाएको छ ।
टसमस नगर्ने भनेर बसेका दुबै शीर्ष नेताबीचको भेटघाट र संवादलाई अध्यादेशले बाक्लो पार्यो । आन्तरिक विवाद साम्य हुने गरी सहमति नभए पनि अध्यादेशले दुई पक्षका नेताहरुको दौडधुप र मन माझ्ने काम गराएको छ ।अध्यादेशको झटारोले नेताहरुलाई साइजमा ल्याएको छ ।
त्यसो त अध्यादेशकै कारण ओली झन्डै झन्डै विशेष अधिवेशनको शिकार हुन पुगेका थिए । आफ्नै पार्टीका ८३ सांसदको हस्ताक्षर बोकेर नेता भीम रावल र पम्फा भुसाल राष्ट्रपति निवास पुगेको खबर सुनेपछि सिंहको शैलीमा देखिएको ओली लत्रकै भएर फिर्ता लिने स्थितिमा पुगेका हुन् ।
ओलीले संवैधानिक परिषदको बैठकमा कोही नआए पनि बहुमत सदस्यको उपस्थितिमा रिक्त आयोगहरुमा आफू अनुकुल नियुक्ति गछुै भन्ने ठानेर अध्यादेश ल्याएरका थिए ।तर, त्यो उनले सोचे जस्तो सजिलो थिए ।
प्रधानमन्त्रीको सेटिङ सिधै राष्ट्रपतिसँग हुने भएकाले पनि ओलीले चाहे कि राष्ट्रपतिबाट कुनै पनि अध्यादेश जारी हुने गरेको छ । यसले राष्ट्रपतिप्रतिको विश्वास गुम्ने काम भएको छ ।
प्रधानमन्त्री ओली किन बारम्बार २४ घण्टा पनि नटिक्ने अध्यादेश ल्याउँछन् ।
उनको यस्ता अलोकप्रिय र असंवैधानिक कार्यले उनलाई नै घाटा पुरयाउने काम भएको छ । उनको जिद्दीपन र हठले गर्दा नै पार्टीभित्र विवाद सिर्जना भएको नेकपाका कतिपय नेताहरु बताउँछन् ।अध्यादेश ल्याएर केही नगरे पनि ओलीले नेताहरुलाई तर्साउने काम भने गरे । ओलीले भन्ने गरेको आरोपपत्र अर्थात कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव भने फिर्ता भएको छैन ।
दुबै अध्यक्षको प्रस्ताव स्थायी कमिटीका सदस्यहरुको हात हातमा पुगेको छ। एउटै गराउने प्रयासमा नेताहरु लागेका छन् । अर्को बैठक यही पुस ५ गतेका लागि डाकिएको छ।ओेली सहभागि हुन्छन् या हुँदैन भन्ने कुरा बैठकको एजेन्डामा निर्भर रहन्छ । कुनै केही निर्णय नहुने भए मात्र सहभागि हुने गरेका छन् । विगतका दुईवटा बैठकले यही देखाएको छ।
प्रतिक्रिया