मेयर सिंहले जति भ्रष्टाचार गरे पनी अख्तियारले छुदैन: उपमेयर सिंह

अमित ठाकुर
रौतहट - राजदेवी नगरपालिकाको मेयर धिरेन्द्र कुमार सिंहले जति भ्रष्टाचार गरे पनी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अहिले सम्म केही नगरेको उपमेयर अंसु सिंहले आराेप लगाएकी छिन्।

मेयर सिंहले नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे संग मिलि भ्रष्टाचार गरेको आराेप उपमेयर सिंहले लगाएकी हुन्।

केही दिन देखि लगातार परेकाे पानीका कारण बागमती नदीमा आएको बाढीले ५ नंबर स्पर कटान गरिरहदा समेत मेयर सिंहले कुनै चासाे नदिएकाे उपमेयर सिंहले आराेप लगाईन ।

लगभग ३५-४० बर्ष पहिला चाईनिच कम्पनीले १ करोड २५ लाखको लागतमा निर्माण गरेकाे सो स्पर गत बर्ष देखिनै नदीले कटान गर्न सुरु गरेकाे छ ।

स्पर कटान भईरहेको खबर नदी नियन्त्रण कार्यालय पर्सा , पारवानीपुर र मेयर सिंहलाई जानकारी गराउँदा पनि कुनै ठोस निर्णय नलिई नदिको बहाव पुर्वपट्टी गर्न करोडौं रुपैयाँ खर्च गरेको उपमेयर सिंहले बताएकी छिन्।

चाईनिज कम्पनीले बनाएको स्पर लगभग १२ बजे पछि तीब्र कटानमा पर्दा  त्यतिबेला कुनै निकायले ध्यान नदिएको र स्पर कटान भईसकेपछि लगभग ४ बजे तिर मेयर सिंह सुरक्षाकर्मीले सहित कटान भईरहेको ठाउँमा पुगेका थिए।

बाढी आउनु पुर्व नै मेयर सिंहको निर्देशनमा बाँध छेउ र स्पर छेउको माटो जेसिवी मेसिन लगाई बाँध माटोले पुर्ने कार्य भएको थियो ।

सोही ठाउँबाट माटो कटान भएपछि स्पर तथा बाँध कम्जोर बनेको कारण अहिले कटान भएको उपमेयर सिंहले बताएकी छिन्।

माटो कटान भईरहेको ठाउँमा आफुले सोधपुछ गर्दा बाढी आएपछि सबै खाल्डो आफै माटोले पुर्ने प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

मेयर सिंहको आफ्नो मनपर्दी कार्यले गर्दा राजदेवी नगरपालिकाका जन्ताहरु दुख भोग्न बाध्य बनेकाे उपमेयर सिंहले बताईन्।

स्पर कटान भईरहेको ठाउँबाट लगभग ३ सय मिटरको दुरीमा नगरपालिकाको जेसिवी मेसिनले बाँध ग्रेभलले पुर्ने कार्य भईरहदा पनि स्परतर्फ मेयर सिंहको ध्यान नगएको उपमेयर सिंहले बताईन्।

नयाँ निर्माण गरिएको स्पर भत्किन लाग्दा मर्मत गर्न आईतवार नगरपालिकाकै जेसिवी मेसिन लगाई बाँध छेउकै माटो कटान गरिएकाे थियो । 

त्यस्तै कम्युनिस्ट पार्टीबाट मेयर प्रत्याक्षी भिखारी यादवले भने भ्रष्टाचारमा लिप्त रहेको मेयर सिंहलाई अख्तियारले आवश्यक छानबिन गरी कार्वाही प्रकृया अगाडि बढाउन सम्बन्धित निकाय संग माँग गरे।

त्यसतै उपमेयर सिंहले भने मेयर सिंह माथि कयौं मुदा अख्तियारमा दर्ता भईसकेको र मेयर सिंहकै गल्तीका कारण हाल कार्यरत देखि तत्कालीन कर्मचारीहरु कार्वाहीमा परेको मेयर सिंह कार्वाहीबाट कसरी बाँच्यो भनेर अख्तियार माथि नै प्रश्न उठेकाे उपमेयर सिंहले बताईन्।