मृत्युको मिति ठ्याक्कै भविष्यवाणी गर्ने एआई प्रणाली
![](https://snowberry.prixacdn.net/media/gallery_folder/20230607PHT95601_original_hDfvgr0whe_gvgfcafaksvbvpdbdd3ylm2f05kxtqmemuu2qwvcjwhjhhinwbzjo9pml4ld_mF9jNITyRE_b7y5ksdjkobdjebtdzqmaxugldmg4ylguqcpgjqgyzavi8dwvxcvykizm264.jpg)
काठमाडौँ । अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुसहित मृत्युसमेत भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता (एआई) प्रणालीको विकास गरेका छन् ।
लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्ने निकै ठूलो डेटाको साथमा तालिम दिएका थिए । यसलाई डेनमार्क र अमेरिकाका वैज्ञानिकहरुले बनाएका हुन् ।
डेनमार्कको ६० लाख मानिसहरुको स्वास्थ्य र जनसाङ्ख्यकीय रेकर्डहरुबाट डेटा भरिएको एआई मोडललाई मान्छेको जीवनमा अब के हुन्छ भनेर भविष्यवाणी गर्न सक्ने गरी तयार पारिएको छ । यसमा जन्म मिति, शिक्षा, तलब, घर र स्वास्थ्यलगायत सबै जानकारीहरु हालिएको थियो । निर्माताहरुका अनुसार लाइफटूभेकले डेटा विश्लेषण गरेर मान्छे कहिले मर्नेछन भनेर भविष्यवाणी गर्न सक्छ ।
२५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहमा परीक्षण गर्दा आधाजति सन् २०१६ देखि सन् २०२० को बीचमा मरेको पाइयो । एआईले को मान्छे मर्नेछ र को चाँहि जीवित रहनेछन् भनेर गरेको प्रक्षेपणको शुद्धता दर ७८ प्रतिशत थियो ।
डेटा डेनर्माकबाट मात्रै लिइएकोले यो अन्यत्रका मानिसहरुमा लागू हुन नसक्ने अनुसन्धान टोलीको प्रमुख सने लेह्म्यान युर्गेन्सेरले भने । आफ्नो एआई मोडेललाई बीमा कम्पनीहरुले प्रयोग गर्न नहुने युर्गेन्सेरको भनाई छ । लाइफटूभेक अहिले सर्वसाधारणका प्रयोगका लागि उपलब्ध छैन।
यस्तै खालको मोडलहरु विकास भइसकेको र यसलाई ठूला कम्पनीहरुले प्रयोग गरिरहेको बताइएको छ । व्यक्ति कति समयसम्म बाच्ला भन्ने भविष्यवाणी गर्न सक्ने एआई मोडलको प्रयोगका नैतिक तात्पर्य पनि छन् । तर यस्तो भविष्यवाणीले असामयिक निधनलाई टार्न मद्दत गर्न सक्ने लाइफटूभेकका निर्माताहरुले बताएका छन् ।
![अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/74543408007-vp-kamala-harris-rbb-003_MEpuCogvhq_calfyy2g6jphtmc7mddlkidk4hwduddmdxk0zqhxfe6lhnfumnwdbmm8ieyp_p9TuuAr2sv_tv7ng66fmhoxobqdaz7ggt4fxrm4bs99b8ldhaxsrrdsefcgxefxo17rkczt.webp)
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले खोलिन् टिकटक अकाउन्ट
![अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने](https://snowberry.prixacdn.net/media/gallery_folder/download_cUwJ1mLnU7_2zso0zqb3htsbsyqtcn0eqmrpw2ixvnknyl2h3qdhlwmuxy9skoizlxdovpw_TeCR30YlMx_dhapoqo6zci9ykbk15ujfqailk2mmrrlpbewttryaauhmxb0llgfgqaucuhe.jpeg)
अमेरिकामा डीपफेक बनाउनेमाथि मुद्दा हाल्न सकिने
![ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/whatsapp-username-feature-techpana-news_wklwiyxeOo.jpg.760x430_q100_crop_FHrCQdyDTx_sshlmfefudbj2qxwckstcpmxgeayplv0uimphsobgxtafrbqhtzzekazk874_cuhfcWoe9l_vv514xfs8ibptm2oinvpgievirqqws2obclbc0cahqcpgljc6djis6ax0nc9.jpg)
ह्वाट्सएपमार्फत फाइलहरू पठाउन इन्टरनेट आवश्यक नपर्ने
![बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि](https://snowberry.prixacdn.net/media/gallery_folder/mercury-has-an-11-mile-thick-diamond-layer-between-its-core-v0-h8bWRAZyqBntMAfyaiBkFbOsLzHJQcPfhhf38VSEivo%2520(1)_qMWCApFJYi_dqptleman8lvaw3osvqfqjnwuxntbvq8paiasdtf0e1zbtxwbl0f2bfuwqd5_zNKo97LMY1_iq7jgdjigxnx7my8n3cgp0xukta0zhossjxsdut8uxiqmqq5gxo0wykf9clq.webp)
बुध ग्रहमा ठुलो मात्रामा हिरा रहेको वैज्ञानिकहरू पुष्टि
![माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/microsoft-says-about-8-5-million-of-its-devices-affected-by-crowdstrike-related-outage_atOtKkQyTR_hcvhcnxmnvaqdxl6hxc8qmvqtazngzfeupvomyffemix8nifoy4akas83ihv_I3oTixtxKs_c2itda7nn0d5bgpkbk1anj8jtpkrhpvv6nrabf3gwt2lqtmku7lhlvslntq3.webp)
माइक्रोसफ्ट सर्भरमा आएको समस्याका कारण विश्वभरमा ८५ लाख कम्प्युटरमा समस्या
![माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि](https://snowberry.prixacdn.net/media/gallery_folder/skynews-elon-musk-tesla-spacex_6127240_PqXOzmc3nq_a8mce8emlr8hkor6arog5joqupkubu8tvwjspbyi9i6jfmbi5cs7dcty2cs7_WNdtYfOZVB_9mnaczzkqcaczolejsw4vk0gykajjorcpxxvzcvkfoouwizfkf0byasibiea.jpg)
माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि
![सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्रामक सूचना फैलियाे](https://snowberry.prixacdn.net/media/gallery_folder/Facebook_Rhm5OwouEG_kumofpczh97qy9pmrz15gjk6cu43pmalj9grhzbm04dcbie15btncgqyhtmy_uYy1bnEbGz_cxmvgsjaadoup7lryrd96tuuok4ndnzilshdkbke9fogh5oysdsdvy0ctjca.jpg)
सामाजिक सञ्जाल फेसबुकमा ‘निःशुल्क स्वास्थ्य जाँच गर्न आउनेले एड्स सारिदिने’ भ्र…
![रेडियो र टिभीमा एसईईको ग्रेड वृद्धि कक्षा सञ्चालन](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE_Exam_techpana_caSnkOLq1z_XZV500Qb5B_s4mtnjkpvmuw4j5n4fsjnqmd8zqhuv4yvhuz4rnrnpzmrfxbwogrpj9vmkpp_twfgVTigp4_uwm00f7w0gsqe9yzf90qwma5l7m0kaa8h6jxefjwuelodb0otdcx39jaqnxs.jpg)
प्रतिक्रिया