फरक क्षमता भएका नागरिकलाई सरकारले प्रोत्साहन गर्छ: मन्त्री आचार्य
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Surendra_Acharya_Mahila_mantri1693735570_u9QTq9eQEF_ojpqryhlwma6zarenkcokcdo8frurhmeiekgf7xvwmmbzyyxvbzoz19ifutq_DSSO4Auiks_tssfad0ewf7lkute0fatvtyho0bxily7kdfi9cjbezykintxyixz5agsogpv.jpg)
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले फरक क्षमता भएको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजित कवि दर्शन केसी ‘शान्कु’ले लेख्नुभएको अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘दर्शन’ सार्वजनिक गर्दै उहाँले फरक क्षमता भएका नागरिकलाई सरकारले सम्मान गर्छ भन्नुभयो ।
“बालबालिकाको हकमा काम गर्न हामीलाई कानुनले रोकिरहेको थियो । विगत छ वर्षदेखि बालबालिका नीति मन्त्रालयमा अड्किएको रहेछ । मैले त्यसलाई अगाडि बढाएर हिजोको मन्त्रिपरिषद्को बैठकबाट पास गरेका छौँ”, मन्त्री आचार्यले भन्नुभयो, “अब मन्त्रालयले लक्षित कार्यक्रमलाई गति दिनेछ । फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा यस्ता कार्यक्रमले फरक ल्याउँछ । हामीले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न जरुरी छ ।”
कवि केसीले नाकको सहायताले लेख्नुभएको कविता पढेर आफूलाई पनि केही गरौँ भन्ने लागेको अभिनेता राजेश हमालले बताउनुभयो । “कहिलेकाहीँ म अल्छी हुन्छु, तर दर्शनजीको कविता पढेपछि कविता लेख्ने जाँगर बढेको छ किनकि परिस्थतिले हामीलाई छेक्दैन, हामीसँग उक्त कार्य गर्ने प्रेरणा चाहिन्छ । उहाँको कृतिले हामीलाई प्रोत्साहन गरेको छ”, अभिनेता हमालले भन्नुभयो ।
एभरेष्ट ग्यालरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएर हौसला बढाएको भन्दै कवि केसीले उपस्थितलाई धन्यवाद दिनुभयो । “मलाई तपाईँहरूको साथले झनै प्रोत्साहन मिलेको छ । म आगामी दिनमा पनि लेखनलाई अगाडि बढाउने छु”, कवि केसीले लेख्नुभएको सन्देश उद्घोषकले पढ्नुभएको थियो । उक्त अवसर कवितासङ्ग्रह बजारमा उपलब्ध भएको जानकारी गराइएको थियो ।
![भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/385335.6_vjzDLLYg6f_trqyw63fpqhqjtzcrnqyf7kv86x926h17wwrcph7cb4l9t48r7ewdpenf03j_cCEkeN74wR_6fimcgxrccqjqvugxy5zxzojs5hyz2xhrvm7moxa1f6ewt2bziak4pxnccbg.webp)
भारत र श्रीलङ्काबीचको टी–२० श्रृङ्खला आजदेखि शुरु हुँदै
![रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-27%2520111737_astHCmCvrc_aratvicouxlco2i4bk1mbhtvdauyondxtpexwyvipp9xlmlit0drnjkjxpws_KryXpFYttB_g9tcp4jhqzo1wgjz8pcxykkkozsm1czhw0cv72cwnhhq608f9b4ukqpy20pr.png)
रक्तसञ्चार सेवा: विगत, वर्तमान र भविष्य
![मनसुनको एक महिना, बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
मनसुनको एक महिना, बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी
![प्रधानमन्त्री ओलीले साउन ६ गते संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/images-1_edited_X6gFDvwsnv_jwrxdgksy0c7x6vb6dp1r5dahospmilhkg8as0nlcaumtjy1uvofznv8aog5_Hp9Mnen9iL_el05td2jhhmugosrkmcttnbvgvqe6exjoshovlqvrrrv6jngkbm7tafn2if3.jpg)
प्रधानमन्त्री ओलीले साउन ६ गते संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने
![चेपाङले चिनेको, समाजले नचिनेको चिउरी](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot%25202024-07-15%2520134331_0HKK0qtdQe_5ql5plgcco45f2wktcoeqgx3yqmhymt8nzjcegskgjhbrteedm0b0p4iz8kh_KOTaeyyySX_3bylidsbcnyinbq6gsees9qv17hju3x8qq4leuaa9ehooedhszbeqztuoh3k.png)
चेपाङले चिनेको, समाजले नचिनेको चिउरी
![निजामती कर्मचारीहरूको सरुवा स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/ministry-samanya_vT7kUrgatR_gmlx9xn25v0xsssh8ikyrxupdaxo3adrrksuficc25b9yjennyztprcecgq2_sKsRmqXrMH_abv1dnwzycgsm97auid5rkiwl60rzquyca7tcq5lgxhljwhuv8yp4rcrsgln.webp)
निजामती कर्मचारीहरूको सरुवा स्थगित
![अहिलेभन्दा जनयुद्धकालमा जीवन सरल थियाे : प्रधानमन्त्री प्रचण्ड](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm_Prachanda111_9nL5QTGRSw_PVaClQufQ6-1_L7QKBzUDVD_u4bxuta2bzyde9xe8dmtpmgnq9kpbwqjalxslrtkqkcfyw6a4uyyi0fzm4sn_jofxKVSxV8_dczun3p0swbzze0fiuaet7dbjtrp3pmmrdkedxqmvracuqlsullz1j82b7ji.jpg)
अहिलेभन्दा जनयुद्धकालमा जीवन सरल थियाे : प्रधानमन्त्री प्रचण्ड
![बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो](https://snowberry.prixacdn.net/media/gallery_folder/%25E0%25A4%2586%25E0%25A4%25A4%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%25B9%25E0%25A4%25A4%25E0%25A5%258D%25E0%25A4%25AF%25E0%25A4%25BE_BxmrLDSZJd_bzxnumh8isnzo9tlskma6z7s1ig1pmzvixdcgbfk8izq5wjp9uunp95ngj9r_FUfsRv8eyB_ru4eiv4fezol5vnmthuhiww0qtirxdn1znq1bfystqsau8nympwaauyfrrue.jpg)
प्रतिक्रिया