डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_20180804_074750_vaJxDt4FWX_7RXeGowom4_uahgrx1ldgt1sbfqvxpzstammhj7fd5ubbito4hx1lhos5ojyivfzgrb0khm_3OhVr0Y0gP_j9aeodfbcaayy1fhewbn3wszfgh15ugda7tmq4bchscvhvubzjg3vmvqozl6.jpg)
डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ ।
डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम्रोसँग काम नगर्दा यहाका जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले उपभोग गर्न पाएका छैनन् । मङ्सिर महिना सुरु भएसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरु अवरुद्ध हुन थालेका हुन् ।
हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउनेजाने हुन थालेको त्रिपुराकोट निवासी दुर्गाप्रसाद देवकोटाले बताउनुभयो । एक महिनायतादेखि साँझसम्म आउने फोनको टावर बिहान उठ्दाखेरि एकाएक गायब हुन थालेको उहाँको भनाइ थियो। “आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भौगोलिक वनावट र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्छ, फोन र इन्टरनेट भैदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ”, देवकोटाले भनुभयो ।
प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उहाँको भनाइ थियो । डोल्पालवासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले टावरलाई कसरी हुन्छ जुनसुकै बेला पनि चल्ने बनाउन उहाँले आग्रह गनुभयो । रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ । त्रिपुराकोटको टावर केही महिना अघिमात्रै सञ्चालन भए पनि रसी र जुफालको टावरमा भने ऊर्जाको समस्या रहेको नेपाल टेलिकम जिल्ला शाखाका अधिकृत जयलाल बुढाथोकीले बताउनुभयो ।
विद्युत् पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मङ्सिरयता यहाँका विभिन्न टावरमा समस्या आइरहेको उहाँको भनाइ थियो । रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हटथ्यो तर रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युत्बाट पोलसमेत गाडिए पनि विद्युत् सञ्चालन नभएपछि बत्ती भने जान सकेको छैन ।
![धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास](https://snowberry.prixacdn.net/media/gallery_folder/Nova-Hospital_B4jErkr9AR_nkxga7klyjokcjkpttv0kknwo17afybljip0d9okctluhwfc2prri8y6ngzg_9G4fIcmfyh_zvmjjlb8psnq2tdepsa57vu56fl2jwrrskhjd9cb6davgrxgqlwgfqbleofb.jpg)
धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरील…
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_JUCWBtHWwV_vxpscexaugtzmpd5jbptuizoaa9wovbseuscrfyzmivjenxluvzqkutfxudg.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_58F32VZGWG_vrnrgeiwz6vrowrd8tixkivvkcx5puf7asgcgjzrszhlwer0atuyo3oqz8y2.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_R4aPTPD1kO_sixztqpemjd4ag4s5npmqduh9iwdc9fupddmrrowr1hjlljgzwtqmfwobgxd.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_U36XuMTaAy_each8ainxghjfn4cuhhnhpotedjanws6fzjr5ezkaj6dihdn2noxadfiujpx.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_wSw5oWw7wa_t3c78vivmxiv7j5q0b9etvvhaxnbq6xtvvwahceueykysq9rfhpsikoohay0.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_sQ6tz10E7M_kgg7tcf4bh5ouwcqkgxmdr31qpcf5ed7f7dlxyfka8oxrmmhfrxh5fxvmjl6.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
प्रतिक्रिया