सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, १९ मंसिर। काठमाडौं मेडिकल कलेज (केएमसी)ले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा छ सय ११ जना लाभान्वित भएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा आयोजित कार्यक्रममा छ सय ११ जना बिरामी लाभान्वित भएका हुन् ।शिविरमा ७९ जनाको इसिजी, १०४ जनाको ल्याब परीक्षण, ८९ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । 

दाहालका अनुसार स्वास्थ्य शिविरमा आएका मध्ये ७ जनाको दाँत खोलिएको तथा २२ जनालाई थप उपचारका लागि ओ।टी।रेफर गरिएको छ ।शिविरमा केएमसीका स्वास्थ्यकर्मीहरुले नाक कान घाँटी, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, दन्त रोग, बाल रोग सम्बन्धी सेवाहरु दिएका थिए । 

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । हाल प्रतिनिधि सभा सांसद रहेका तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष डा। सुनिल कुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका हुन् ।