न्यूरोडबाट सुनसहित एक जना पक्राउ

काठमाडौंको न्यूरोडस्थित ओमपर्ल गोल्ड प्रालिबाट सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीले ७ किलो ८ ग्राम सुनसहित ओमपर्ल गोल्ड प्रालिका सञ्चालक पदम पाण्डेलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार राति ओमपर्लमा छापा हानेको हो। प्रहरीका अनुसार अवैध काँचो सुन र केही गहना पनि बरामद भएका छन्।

सो पसल अवैध सुन गाल्ने कारखाना भएको बताइएको छ। कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको भनाइ छ।