मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत
![](https://snowberry.prixacdn.net/media/gallery_folder/%255D_H9ylFk7ZKW_1xytibixtpl6dkohiunwiymclqspgakn4qh3hdghthydfynjqwfbilaasvbt_76CgWzEsWj_6j1vldzp7ba1dagzrtrj2somboh7bb2vh4suflreukhfdbj4ealcepksbfx4.jpg)
काठमाडाैँ, १९ मङ्सिरः अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रले लय समाउन थालेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । ” उहाँले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताउनुभयो ।
अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उहाँले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको हो भन्नुभयो । भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उहाँले त्यसको प्रतिफल आउन ढिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ।” ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उहाँको भनाइ छ ।
सञ्चारकर्मीको जिज्ञासामा उहाँले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।” आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उहाँले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले त्यस्तो केही प्रक्रिया अघि वढेको छैन । हल्लामात्रै हो ।
यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझीराख्नुपर्यो । हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ ।” यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उहाँले बताउनुभयो । सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको उहाँको भनाइ छ ।
![आज कतिमा कारोबार भइरहेको छ सुन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-78-4-3_CTFa506zAc_f6i9gvykzjxolkxic82wgabzylzfhmymfdi0uwjls2p8mlymwdvjcnwlqu56_Q0gDqA8dev_dteflbz00qtbzkthdmbaoqqqsndwnaoxmzrukdrgi7ukduigksrb4vkesagk.jpg)
आज कतिमा कारोबार भइरहेको छ सुन ?
![राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/rashtra-bank-nepal2024-07-26-07-07-28_uZGaEoUL6u_gv7dde4fi0fxc5a7qdepfohxx77m6ob9opxvbrnnwapogcjqpamotnr8r78p_JdHO4MIjzJ_jeixf2sjilxyjb6fsllggwmnzfa2ojmieflox7kcsd4bf7klko6ijrac408o.jpeg)
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
![सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold%2520silver1654579639_JYNaVpw6Kw_n0jzhmejvpchf7pufaphmmwj7dy2tolz18ztqfdko8ff8gh0iqyi5fky8vzx_DD1ZwOupI9_nvugbuj2e7vnw7go25sqmjbluj1asmzlsx81sryioacnrsuwuvg0luxuzkms.jpg)
सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?
![नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/67189830compulsory-figure_jbkmiCQZmk_suhfl43whrwepagok4txajt8dcs2glerjmsbelv1widulxtyfzjcacd4di97_6cjcJIOPu4_kwnfdzzpdhwbag97l3uhforetynejepeekkqixhs79y85gdi1kqnxcweuyjw.jpeg)
नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?
![पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत
![पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब](https://snowberry.prixacdn.net/media/gallery_folder/Tax-rajaswo__tdw0bgTixS_0to8p7gnywwg7rz5ftqsseh7n2gmmrubinh1lw670riev4btsapshdfzzvwk_i6Q3Eo29tx_xkqhzhbmkhasoe6rpsja3dcjnwzmcw5delgrkolgaccfaoy8fxdsc1xh275j.jpg)
पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब
![साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/th%252520(1)_HjnClxBbmm_xry2tatt5a0q4nt023pzscubzbfkn5nxzegpi4dqmwrapiikoxik2iozoksw_CMZYMjpNAB_fxtuyhpzpl5lmp81lcsbenuobe9gokzwir8fvgeext9lbjdzbjkd1cizldhs_o94qN3CzBW_wjuwfvbn0uynbinome3bkgao4s23w1ppdjpfdwc9gibn9bvxzalckmreclfg_s8Z7Ss5avZ_hfsagfqlh5vmvv0i0uorvpvvfylvjpyz6igdklwok5qlxppeyhk3ow81youk.jpeg)
साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करो…
![आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढ्याे](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया