राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनमा भागबन्डाको तयारी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sabha_hSnSYQRPfG_7B7ep2tqPu_qenety1gngaw5ghycc8smpvl3ogrr9cy2b4llrud1jnuci4e0kom0fj4najt_D70RE0nRLx_bf288jkieojfz3oj7j8ioyiuenbt3ao5gwgxayhqvkzgzisrfqz9iqrdfldc.webp)
राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु भने झुलाघाट–चिवाभञ्याङ यात्रामा भएकाले यसबारे कुनै छलफल भएको छैन ।
आगामी फागुन २० गते २० जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर बिदा हुँदैछन् । कार्यकाल सकिएर बिदा हुन लागेका मध्ये विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा राष्ट्रपतिबाटै मनोनित भएर अर्को सांसद आउँछन् । बाँकी १९ पदका लागि निर्वाचन हुनेछ ।
पद रिक्त हुनु एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान तोकिएको छ । यससँगै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच छलफल सुरु भएको नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटा पनि राष्ट्रिय सभाको चुनावका विषयमा दलहरुका बीचमा अनौपचारिक संवाद सुरु भएको बताउँछिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप–२८ मा सहभागी हुन युएई जानु अगाडि शीर्ष नेताहरुको बीचमा राष्ट्रिय सभाको चुनावको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार मात्र स्वदेश फर्किएका छन् ।
आन्तरिक गृहकार्य भइरहेको र छिट्टै गठबन्धनमा छलफल हुने नेताहरु बताउँछन् ।
यस्तो छ भागबन्डाको तयारी
सत्तारुढ दलहरु राष्ट्रिय सभाको १९ सिटका लागि भागबन्डा मिलाउने प्रयासमा छन् ।
शीर्ष नेताहरुको छलफलपछि भागबन्डाको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी नेताहरुले पाएका छन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र सचेतक सुशीला थिङ, माओवादी केन्द्रका महासचिव देव गुरुङ, प्रमुख सचेतक हितराज पाण्डे, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र जनता समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सहमतिको प्रारम्भिक खाका तयार पार्ने जिम्मेवारी अनौपचारिक रुपमै प्राप्त गरेका हुन् ।
जिम्मेवारी पाएका नेताहरुबीच भएको छलफलले मतभार अध्ययन गरेर प्रस्ताव तयार पार्ने सानो समूह बनाएको छ । नेताहरुका अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भागबन्डा गर्ने गरी प्रारम्भिक खाका बनेको छ । चुनाव हुने १९ सिटमध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जसपाले १ जना उम्मेदवार उठाउने भनिएको छ ।
राष्ट्रपतिबाट मनोनित अर्का एक जना सांसद थपिंदा कांग्रेसको भागमा १० राष्ट्रिय सभा सदस्य हुनेछन् ।
तर सरकारमा रहेका नागरिक जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उन्मुक्ति पार्टी (नाउपा) लाई समेटिएको छैन । ‘सबै साना दललाई समेट्न गाह्रो हुने अनुमान छ । यही आधारमा चार दलका बीचमा भागबन्डा गर्ने गरी खाका तयार भएको हो’ एक नेताले भने, ‘नेताहरुबीच छलफल हुन बाँकी नै छ ।’
मधेश प्रदेशमा लोसपा चौथो ठूलो दल हो । यो प्रदेशमा माओवादी केन्द्र र जनमत पार्टी हाराहारीमा छन् । मधेश प्रदेशमा एमालेको २३०२ मतभार छ । कांग्रेसको ३१०४, जसपाको १८१७, माओवादी केन्द्रको ७६६ र जनमत पार्टीको ७४६ मतभार छ ।
सुदूरपश्चिम प्रदेशमा नाउपामा मतभारका दृष्टिमा चौथो ठूलो दल हो । यो प्रदेशमा एकीकृत समाजवादी भन्दा अगाडि नाउपा रहेको छ । यो प्रदेशमा कांग्रेसको २६४१ मतभार छ । एमालेको १४८०, माओवादी केन्द्रको १०५८, नाउपाको ५०४, एकीकृत समाजवादीको ३०७ मतभार छ ।
कांग्रेसले कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक–एक सिट, बागमती र गण्डकी प्रदेशमा दुई/दुई सिटमा उम्मेदवार उठाउने प्रस्ताव छ ।
माओवादी केन्द्रले, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा एक/एक र सुदूरपश्चिममा दुई सिटमा उम्मेदवार उठाउनेछ । एकीकृत समाजवादीले बागमतीमा दुई सिट र कर्णालीमा एक सिटमा उम्मेदवार उठाउनेछ । मधेश प्रदेशमा एक सिटमा जसपाले उम्मेदवार उठाउनेछ ।
एमालेले हतार नगर्ने
प्रमुख प्रतिपक्षी एमालेले भने मध्यपहाडी लोकमार्गमा जारी यात्रा सकिएपछि मात्र छलफल गर्ने नेताहरु बताउँछन् । ‘अभियान सकिएपछि राष्ट्रिय सभाको चुनावबारे आन्तरिक गृहकार्य सुरु हुन्छ’ एमाले सचेतक महेश बर्तौला भन्छन्, ‘तेस्रो सातामा मनोनयन भएकाले पुसको दुई साता गृहकार्य हुन्छ ।’
एमालेको अभियान १ पुसमा सकिनेछ । बर्तौलाका अनुसार मध्यपहाडी यात्रा सकिएपछि नेताहरु काठमाडौं केन्द्रित हुनेछन् । त्यसपछि एमालेले राष्ट्रिय सभाको चुनावमा लिने नीति अख्तियार गर्नेछ ।
राष्ट्रिय सभा सदस्यमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । मतदान गोप्य हन्छ । प्रदेश सभा सदस्यको मतभार ५३ छ भने पालिका प्रमुख र उपप्रमुखको मतभार १९/१९ रहेको छ ।
![बागमतीमा ४ मन्त्रीले लिए शपथ, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/Bagmati-pradesh-mantri_CfsAVUDZdt_cnedxqwo0s6uy3lkfe2z5nrqy4mv5rlalnroynedi9wecbxwnfzw8dcgedjd_dKYttg9Zox_j8gzk90dmep5lgyxbxacmil2uub6ceikhlxuehvcuxt5q9fmrdy2wh95rhrn.jpg)
बागमतीमा ४ मन्त्रीले लिए शपथ, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त
![नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/nekapa-s-nekapa-yes_q4QvfyYCPb_mxepr1fda07d7w8ny39omkypfr9trjanocme5nm6s3ducrt3tfmw9yb2bcuq_ckPwaYn1Ks_qfjervm6blwndcp4hgmnzl3kqr5wdy6rg7jqdgrwxomcrhwsx9ufclxcsdla.jpg)
नेकपा एसको केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने
![पार्टी संसदीय मूल्यमान्यता विपरीत गयो, बिधिअनुसार पनि छैन : एमाले नेता लीला गिरी](https://snowberry.prixacdn.net/media/gallery_folder/lila%2520giri1671987131_mjgnHiSubv_d1gemjz1xswbixatofwwoywhquob4doqropmkp1ifueguj85hjamxnjnmswt_g5NCVJmPfP_juamzi8zmedqnfvt3er8x2tmrxepk2ltedb718vgxv393zgn5s7yuyhanzrg.jpg)
पार्टी संसदीय मूल्यमान्यता विपरीत गयो, बिधिअनुसार पनि छैन : एमाले नेता लील…
![जाे दाेषी छ, उसैलाई मन्त्री पद दिने सरकारलाई कसरी विश्वास गर्ने : सभापति लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/NP_KTM-0D3A7340-scaled_WxH1S3O1eo_0t5eylwxkkkyxjxkxau5y8gtpn3l73wvs0efzmbkdcne7ggqlarru2z0yz19_IloT59Q9hb_t5phq10l2da5hoinikt9uhdlusf1kvcqboo1btghdl8wazij1kgeum2tcdsb.webp)
जाे दाेषी छ, उसैलाई मन्त्री पद दिने सरकारलाई कसरी विश्वास गर्ने : सभापति लाम…
![ओली सरकारको डुंगा कति सुरक्षित छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/oli-2-1_UiZG9BT3Gc_dmBMvFzWWY_k3iozoimcdvx9axbh6cdpzou32o9dq0cyr0c9zzl45ukqup40ceu3z7yz0ow_NmFnF7U8Zy_fpqos0padsak80isa1rf1latkmq3qpp4qhksg942mlc04p0pj8qjjclkgwd4.jpg)
ओली सरकारको डुंगा कति सुरक्षित छ ?
![मधेशमा गठबन्धनभित्र खटपट, मुख्यमन्त्री सिंहको कुर्सी संकटमा](https://snowberry.prixacdn.net/media/gallery_folder/satish-singh_TAce3niCB3_7nlrrgqrd64qxhunjnm6iwu09q8hpiqrajual2rjzvymwgrdhtjfobkbjbgj_F77mZOxqUI_57nx8iz1knrhhdlufvlxbiiqbwi30hnnv7kdl4ce1illjowb5lu3hkioog5x.jpg)
मधेशमा गठबन्धनभित्र खटपट, मुख्यमन्त्री सिंहको कुर्सी संकटमा
![राजनीतिक क्षेत्रमा अब्बल खेलाडी मानिएका प्रचण्ड यसपटक कसरी पछारिए](https://snowberry.prixacdn.net/media/gallery_folder/_120779653_ros_ktm-_6487327-1_oi3NClgRZ5_3fxuhbwnhvxnmir4snfcgtuaqddkb47jncm3uajqpk8ot5mgoekciux3rtvg_WLY7RlzH5r_zsylunodms7jqogntkgnmivrh6k4gqajnbnlqo68i2nsvdtfwrytdeltf9mt.jpg)
राजनीतिक क्षेत्रमा अब्बल खेलाडी मानिएका प्रचण्ड यसपटक कसरी पछारिए
![ओलीको कमब्याक, कस्ताे रहला चौथो कार्यकाल?](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-15_21-50-01-596_bGcf4uplaW_lbmmarbr11mfugqt28i2miyjw1yu9zj6evwneiweligy3b7s9in2vby2ppzo_kww9C0XTKK_vqrjmjf14tttbguwh9blhjomewyvfs7nl77b4cesxzzlwfcwcal3ijmy5ji8.jpg)
प्रतिक्रिया