नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ - नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको जनाइएको छ । 

जारी मिति भने मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकले जनाएको छ ।