गठबन्धनको छेस्काले अड्याएको सरकार आफैँ ढल्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको छेस्काले अड्याएको सरकार आफैँ ढल्ने बताएका छन् ।
शुक्रवार उनले समृद्धिका लागि संकल्प यात्राअन्तर्गत डडेलधुरामा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्ड सरकार गठबन्धनको छेस्का अड्याएको भएर आफैँ ढल्ने दाबी गरेका हुने ।
उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौं । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौं । यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’
उनले प्रचण्ड नेतृत्वको सरकारको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम नभएको बताएका छन् ।उनले भने, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो होइन अदालतले भन्ला ।
उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्याउन खोज्नेहरूले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप लगाए ।
अध्यक्ष ओलीले सत्ता गठबन्धन र गठबन्धनका नेताहरू सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेको बताएका छन् ।
प्रतिक्रिया