भीभीआईपी उडानका नाममा सर्वसाधारणलाई सास्ती दिन मिल्छ?

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कोप-२८ मा सहभागी हुन नेपाल एयरलाइन्सले समय अगाडि सार्दा ३१ जना यात्रु छुटेका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका हुन। प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान लागेकाहरू अधिकांश वैदेशिक रोजगारीमा जाँदै थिए ।

नेपाल एयरलाइन्सको राति साढे ११ बजे नियमित उडान हुन्छ। त्यसअनुसार नै बुधबारका लागि पनि त्यही समयको टिकट बुकिङ भइसकेको थियो। तर भिभिआइपीको भ्रमण हुने भएकाले उक्त समय अगाडि सारिएको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर जानकारी पाउन नसकेका यात्रुहरु मात्रै छुटेको किरातीको भनाइ छ । मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटेलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए ।

नेपाल एयरलाइन्सले उडान समय अघि सारिएको जानकारी नगराएका कारण दुबईमा होटल बुक गरेका र रोजगारीका लागि पुग्नुपर्ने यात्रुहरू समस्यामा परेका छन् । एयरलाइन्सले भने यात्रुहरूको अनुरोधमा भीभीआईपी उडानका कारण अन्य यात्रुलाई उडाउन नसकेको व्यहोराको पत्र थमाएर होटलमा राखेको छ ।

 यात्रुले नेपाल एयरलाइन्सको लापर्वाहीले आफूहरू छुटेको बताएका छन। निगमका प्रवक्ता रमेश पौडेलले आफूहरूबाट लापर्बाही नभएको दाबी गरे। 

‘हामीले उहाँहरूको इमेल राखेका हुन्छौं। फोन नम्बर राखेका हुन्छौं। मंसिर ८ गतेदेखि नै यस्तो हुँदैछ भनेर जानकारी गराएका थियौं। तर पनि केही छुट्नुभएको छ। त्यसमा दु:ख लागेको छ,’ उनले भने, ‘अरू २५० जना यात्रुहरूले चाहिँ सूचना पाएर छिटो आइपुग्नुभयो। उहाँहरू कसरी छुट्नुभयो भन्ने हामी छानबिन गर्छौं।’

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा  उपसभापति अर्याल

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा उप…

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूला…

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले बास्कोटा

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले…

प्रधानमन्त्री ओलीले फेरि  दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ

प्रधानमन्त्री ओलीले फेरि दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न …

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल