साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी तिब्र
काठमाडौ । बाँकेको स्थानीय सरकारले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी तिब्र गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम घट्दै गएको भन्दै सरकारले विद्यालय खोल्ने तयारी गरेको हाे ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले जोखिम घट्दै गएर अहिलेकै अवस्था रहेमा विद्यालय खोल्ने निर्णय भएको जनाएको छ ।
अहिलेकै अवस्था रहेमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सामग्रीको प्रयोग गरेर साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने गाउँपालिकामा भएको सरोकारवालाको बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।
हाम्राे साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारीमा संघीय सरकारले कुनै निर्देशन पठाएन भने साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको उनले बताएका छन् ।
विद्यालयमा स्वास्थय सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने सर्वपक्षिय रूपमा सुझाव आएकाले पढाइ सुरु गर्ने निर्णय गरेकाे उनले बताएका छन् ।
कोरोना भाइरसका कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन ठप्प छ। गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि अधिकांश विद्यालय क्वारेन्टिन तथा आइसोलेसनका रूपमा प्रयोग गरेको थियो ।
विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयका कक्षा कोठामा स्यानिटाइज छर्कने तयारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए।
प्रतिक्रिया