टिकटक चलेको भए खबर गरौँ:नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो ।
नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोवाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।
टिकटकमा पहुँच पुगेको भए टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनीका बारेमा जानकारी गराउन हुन इन्टरनेट सेवाग्राहीहरुलाई उक्त सूचनामार्फत अनुरोध गरिएको छ ।

एक सुन्दर गाउँको प्रेम कथा: 'रानी महल' द्वारा रूपान्तरित एक आदर्श जीवन।

बालश्रममा कमी ल्याउनु राज्यको दायित्व हाे: एकीकृत समाजवादी महासचिव भुसाल

टिकटक बन्दको निर्णयविरुद्ध परेको रिटमा सोमबारदेखि प्रारम्भिक सुनुवाइ हुने,द…

रणवीरसँग पनि गम्भीर सम्बन्धमा थिइन् भनेपछि ट्रोल बनिन् दीपिका
छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक

‘नेपाली भाषाप्रति प्रहार भइरहेको छ’

प्रतिक्रिया