भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न आग्रह

 नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । 

    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । 

    सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद घटना भएको एमालेले जनाएको छ । 

    यसैगरी एमालेले भूकम्पपीडितहरुको पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्नका लागि  भूकम्पप्रभावित क्षेत्रमा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको संयोजकत्वमा एक हजार एक सय जनाको स्वयम्सेवक टोली खटाएको छ ।