वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरद्वारा स्वदेशमै विकसित हाइपरसोनिक ब्यालिस्टिक मिसाइल सार्वजनिक

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले आइतबार स्वदेशमै विकसित हाइपरसोनिक ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ ।

अर्ध– आधिकारिक तस्निम समाचार एजेन्सीले उल्लेख गरे हणुसार इरानको राजधानी तेहरानमा आईआरजीसीको एयरोस्पेस फोर्सको उपलब्धिहरूको प्रदर्शनीमा इरानका सर्वोच्च नेता अली खामेनीको भ्रमणका क्रममा फत्ताह–२ (विजेता–२) नाम दिइएको मिसाइलको सार्वजिनक गरिएको थियो ।

गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्था कस्तो छ?

गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ।

परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो ।

हमासको आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

https://barnanmedia.com/news/detail/162128/?v=1700487382094

दसैँ–तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले राससलाई बताउनुभयो । 

    “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी पाइएको छ । गत दसैँमा जस्तै दर्शक नेपाली चलचित्र हेर्न आउनुभयो, तिहारमा पनि त्यही देखिएको छ”, वितरक श्रेष्ठले भन्नुभयो । 

हुलाकी सडक निर्माणमा पहल गर्छौँ : सांसद शर्मा

 बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु हुने नेकपा (एमाले) का सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन हुलाकी सडकको स्थलगत अनुगमन गर्नु भएको छ । 

सांसद शर्माले नेपालगन्जको पुष्पलाल चोकबाट पूर्व राप्ती पुल हुँदै फत्तेपुर कुण्डादेखि बैजापुरको नारायणपुरसम्म र पश्चिमतर्फ नन्दनी मिलदेखि मानखोलासम्म निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडकको स्थलगत अनुगमन गर्नुभएको हो । 

तोकिएको सहरी क्षेत्रमा इन्टेलिजेन्ट कनेक्टेड सवारी साधन परीक्षण गर्न दिदैँ चीन

चीनले तोकिएको सहरी क्षेत्रमा केही इन्टेलिजेन्ट कनेक्टेड सवारी साधन (आईसीभी) को सडक परीक्षण गर्न अनुमति दिने उद्योग मन्त्रालयले गत शुक्रबार भनेको छ।

विश्वको सबैभन्दा ठूलो अटो बजारले आफ्नो दीर्घकालीन रणनीतिक फोकसलाई आईसीभीहरुमा केन्द्रित गरेको छ जुन अझै पनि नयाँ उद्योगमा अग्रणी वैश्विक खेलाडी बन्नको लागि हो।

चाडपर्वपछिको सेयरबजार कता सोझिएला ? यस्ता छन् संकेतहरू

यस वर्षका प्रमुख चाडपर्वहरू सकिएका छन् । दसैँ, तिहार, छठजस्ता मुख्य चाडपर्वको किनमेलले बजारलाई कति उत्साह दियो र चलायमान बनायो भनेर समीक्षा हुँदै छ । 

यसैक्रममा अर्थतन्त्रको ब्यारोमिटर मानिने पुँजीबजार अब कता सोझिन्छ भन्ने पनि धेरैको चासोको विषय बनेको छ । 

अहिले अर्थतन्त्रका बाह्य सूचक उत्साहजनक छन् । आन्तरिक सूचकहरू प्रायशः दबाबमै भए पनि बैंकमा लगानीयोग्य रकम बढेको छ । निक्षेप र कर्जाको ब्याज घट्दै गएको छ भने कर्जाको उपलब्धता सहज बन्दै छ । अब एकल अंकमै कर्जा पाउन सकिने आधार बलिया बन्दै गएका छन् ।

https://barnanmedia.com/news/detail/162133/?v=1700487398977

इजरायल र हमासबीच भएको बन्धक सम्झौताका लागि ‘सामान्य’ कठिनाइ मात्र बाँकी

प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गत अक्टोबर ७ मा इजरायलमाथि गरेको आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई मुक्त गर्ने सम्झौता अब ‘सामान्य’ र व्यावहारिक कठिनाइका कारण रोकिएकोे कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले आइतबार बताउनुभएको छ । 

    यूरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलसँगको संयुक्त पत्रकार सम्मेलनमा कतारी प्रधानमन्त्री अल थानीले भन्नुभयो, “वार्तामा बाँकी रहेका चुनौतीहरू ठूला नभई साना छन्, ती अधिक तार्किक छन्, ती अधिक व्यावहारिक छन् ।” 

दोलखामा निर्माण हुँदै मिनी ग्रेट वाल

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङडाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल ।

करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकोमा चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङडाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ ।

टिकटक रिटमा आज सुनुवाई हुने

टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वाेच्च अदालतमा हुंदैछ । 

टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक  २७ गतेको  निर्णंयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै दशवटा रिट निवेदन शुक्रबार दायर भएका छन् । 

 

https://barnanmedia.com/news/detail/162137/?v=1700487398940

‘सरुभक्तका मुक्तक’ लोकार्पण

साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।

   सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राख्नुभयो । उहाँले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताउनुभयो । 

युवा संघ र दुर्गा प्रसाईंबीचकाे सम्भावित मुठभेट कसरी टार्ला प्रशासनले ?

मंसिर ७ गते बिहीबार काठमाडौंमा दुई पक्षीय आन्दोलन हुँदैछ । व्यवसायी दुर्गा प्रसाईंले राजतन्त्र पुनस्र्थापनादेखि २० लाखभन्दा कम ऋण मिनाहा लगायतको माग राख्दै आन्दोलन घोषणा गरेका छन् । 

देशभरबाट सात लाख नागरिक काठमाडौंमा उतार्ने प्रसाईँको दाबी छ । उनले शक्ति प्रदर्शनको केन्द्र माइतीघर मण्डललालाई राखेका छन् । हरेकजसो आन्दोलन माइतीघरदेखि नयाँबानेश्वर खण्डमा हुन्छ ।

व्यापारी प्रसाईँ र एमाले नेता महेश वस्नेतबीच नोघझोक चलिरहेका बेला युवा संघले पनि सोही दिन शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । दुवै पक्षले बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने भनेका छन् । 

https://barnanmedia.com/news/detail/162139/?v=1700487398916

अत्यधिक चिसोका कारण ७० बर्षीया भूकम्पपीडित खत्रीको मृत्यु

अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ।भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आइतबार बिहान मृत्यु भएको हो।

भूकम्पले घर भत्किएपछि उनी त्रिपालमुनि बस्दै आएकी थिइन्।  आइतबार बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए।  

सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा :सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो

 सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो।

चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् ।

सांसदको जिम्मेवारी एक र भूमिका अनेक :रायमाझी

नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट हुनुहुन्न । उहाँ कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट हुनुहुन्छ । 

‘सांसदसँग रासस संवाद’ मा नेता रायमाझीले बजेट ल्याइएपछि हालसम्मको कार्यान्वयनको अवस्थाले आफूहरूको काम गर्ने ढाँचा र गति किटान गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।  उहाँले कानुन निर्माणका लागि सरकारले सदनमा ठीक समयमा विधेयक नल्याएका कारण यस्तो अवस्था आएको आरोप पनि लगाउनुभयो ।

टिकटक प्रतिबन्धविरुद्धको रिटकाे सुनुवाइ न्यायाधीश चुडालकाे इजलासमा

टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालकाे इजलासमा  हुंदैछ । 

टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक  २७ गतेको  निर्णंयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै दशवटा रिट निवेदन शुक्रबार दायर भएका थिए । 

शनिवार र आइतबार छठ पर्वको विदाका कारण आज ती दशवटा निवेदन पेशीमा तोकिएकाे थियाे । 

https://barnanmedia.com/news/detail/162147/?v=1700487398853

हराएका ४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका रु ४० लाखभन्दा बढीका  सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए। 

प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निवेदनका आधारमा ९९ जनाको धनमाल खोजी गरी सम्बन्धितलाई बुझाइएको छ ।  

https://barnanmedia.com/news/detail/162148/?v=1700487398849