कर सप्ताहमा सचेतनामूलक कार्यक्रम

३ मङ्सिर : आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो ।
कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईका अनुसार सम्मानित करदातासँग कार्यालयको सेवा, सुविधा र करदातालाई परेको समस्याको बारेमा छलफल गरिएको हो ।
मङ्सिर ४, ५ र ६ गते उद्योगी व्यवसायीसँग करदाता शिक्षा, कर परिचालन, सरोकारवाला निकायसँग समन्वय र सहकार्यका विषयमा अन्तक्र्रिया गरिने भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ र तीनका वस्तुगत संस्थासँग गरिनेछ । मङ्सिर ७ गते उद्योग र वाणिज्य तर्फका दुई उत्कृष्ट करदातालाई सम्मान गरिनेछ । योसँगै आर्थिक ऐन २०८० ले दिएको कर सुविधाका विषयमा करदातालाई जानकारी गराउने कार्यक्रम रहेको छ ।
भट्टराईका अनुसार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा लक्ष्यको ७० दशमलव ४१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले कार्यालयलाई रु सात अर्ब ४० करोड नौ लाख ८६ हजार लक्ष्य दिएकोमा रु पाँच अर्ब २२ करोड नौ लाख ३० हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।
राजस्व सङ्कलनमा कमी आउनुको मुख्य कारण अनुत्पादक क्षेत्रमा लगानी हुनु रहेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा कमी आयो । नेपालको लगानी अनुत्पादक क्षेत्र शेयर बजार र जग्गामा गएर अड्कियो ।” यस कार्यालयमा ६३ हजार करदाता रहेका छन् ।

न्यूरोडबाट सुनसहित एक जना पक्राउ

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

तोलामै २ हजार ४०० रुपैयाँ घट्यो सुन

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

तारागाउँ रिजेन्सी होटलको शेयर कारोबार स्थगन

नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने

प्रतिक्रिया