कलेजो प्रत्यारोपण भनेको के हो? नेपालमा प्रत्यारोपणको अवस्था कस्तो छ ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/maxresdefault_g1tUyTIlrh_73v5njhbddgjnpefymb8qlbmrjj8mctgatugbulgqqeeloh8gee9dt9r9fr1_uJ36Tu8CLh_b3aouaawtxbigrywylzskjwitzmwq58rl60an12gy75ypo0yj0jnblqztida.jpg)
काठमाडौं। मानव शरीरमा भएका विभिन्न अंगमध्ये कलेजो पनि एक हो ।कलेजो मानव शरीरको पाचन प्रणालीअन्तर्गतको एक अंग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । यसको आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो ।
कलेजोका कोषिकालाई हेपाटोसाइट्स भनिन्छ । कलेजोलाई पाचन प्रणालीअन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित अरू थुप्रै कार्य पनि गरिरहन्छ ।
कलेजो हाम्रो शरीरको फिल्टर हो । हामीले जे खानेकुरा खान्छौँ, त्यो हाम्रो आन्द्रामा जान्छ । आन्द्राबाट रगतको नलीले शरीरलाई आवश्यक पर्ने तत्त्व हरूलाई लिन्छ । रगतको नलीले लिएको ती तत्त्वलाई कलेजोले फिल्टर गर्ने काम गर्छ । तत्त्वमा विकार पदार्थलाई फाल्छ, सुधार्न मिल्ने तत्त्वलाई सुधार्ने काम गर्छ ।
कलेजोले फिल्टर गरेको रगतलाई मुटुमा पुर्याउँछ र मुटुले शरीरको सम्पूर्ण भागमा पुरयाउने काम गर्छ । आममानिसको बुझाइमा मुटुले डारेक्ट रगत प्रवाह गर्छ भन्ने छ । तर, कलेजोले फिल्टर नगरेको रगत मुटुले प्रवाह गर्यो भने अनेकन स्वास्थ्य समस्या देखिन सक्छन् । त्यसैले कलेजोको एकदमै महत्त्व छ । कलेजोले फिल्टर नगरेको रगत मुटुले शरीरमा पठाउन सक्दैन ।
कलेजोले चिल्लोको पाचन, चिल्लोको अवशोषण, भिटामिन ए, डी, ई र केको अवशोषण, आन्द्राको गति कायम राख्ने, गतिशील बनाउने, आन्द्रामा कीटाणुको विकास हुनबाट रोक्नेजस्ता विभिन्न काम गर्छ ।
कतिपय अवस्थामा जन्मजात नै कलेजोमा समस्या भए त्यसको उपचार गर्नुपर्छ । गतिविधिको कुरा गर्नुपर्दा मद्यपानले कलेजोमा समस्या उत्पन्न हुन्छ । नेपालमा पछिल्लो समय मद्यपानका कारणले कलेजोमा समस्या भएर अस्पताल आउने बिरामीको संख्या बढेको छ । त्यसबाहेक भाइरल इन्फेक्सन, हेपटाइटिस बी, सीका कारणले कलेजोमा समस्या उत्पन्न भइरहेको छ ।
कलेजो एउटा यस्तो अंग हो, जसले केही हदसम्म चोट सहन्छ । तर, चोट सहँदासहँदा एउटा समय आएपछि चोट सहन सक्दैन अनि काम गर्न छोड्छ । मानिसहरूले प्रायः मैले पचाइरहेको छु भनेर निरन्तर तथा अधिकतम मद्यपान गरिरहेको पाइन्छ । तर, एक समय आएपछि कलेजोले क्रियाको प्रतिक्रिया देखाउँछ र काम गर्न छोड्छ । त्यसैले मानिसले कुन तहसम्म पुग्ने भन्ने कुरा ख्याल गर्न आवश्यक छ । कलेजो बिग्रिनुको मुख्य कारण नै मद्यपान हो ।
कलेजोमा समस्या हुन थालेपछि शरीरमा विभिन्न किसिमका समस्या देखिन्छन् । कलेजोमा समस्या भएपछि आँखामा जन्डिस देखिनेदेखि पेटमा पानी जम्ने, फुल्ने, खुट्टा सुन्निने, आलश्यताजस्ता लक्षण देखिन्छन् ।
कलेजोका बिरामी पहिले पनि हुने गर्थे । पहिलेको दाँजोमा अहिले स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ । स्वास्थ्यसम्बन्धी जनचेतना बढेको छ । तर, पहिलेको समयमा पनि बिरामी हुन्थे होला, हामीसँग त्यसको यकिन तथ्यांक छैन । स्वास्थ्य उपकरण पनि उपलब्ध छन् । त्यसकारण पछिल्लो समय कलेजोका बिरामी बढेको जस्तो देखिन्छ ।
पछिल्लो समय युवापुस्तामा पनि देखासिकी, साथीको लहैलहैमा लागेर मद्यपान गरेको पाइन्छ । यसले युवापुस्ताले दुःख पाइरहेको छ । मद्यपानका कारण कलेजो बिग्रिएर अस्पताल भर्ना हुने दर बढेको छ ।
कलेजोमा समस्या भएको लक्षण देखिएपछि कलेजो कतिसम्म बिग्रिएको छ, त्यसको परीक्षण गरिन्छ । कलेजोको अवस्था हेरेर रोकथाम वा उपचार गर्न सकिन्छ कलेजोमा समस्या उत्पन्न भएपछि औषधि खाएर पनि निको पार्न सकिन्छ । औषधि खाएर निको नहुने अवस्था छ वा कलेजो अन्तिम अवस्थामा छ भने विकल्पको रूपमा कलेजो प्रत्यारोपण गरिन्छ ।
के हो कलेजो प्रत्यारोपण रु
प्रत्यारोपण भनेको नयाँ चिज ल्याएर रोपण गर्ने हो । कलेजो प्रत्यारोपणमा बिग्रिएको पूरा कलेजो निकालेर त्यहाँ अर्को नयाँ कलेजो राखिन्छ । जो दाता छन्, तिनको कलेजाको आधा भाग ल्याएर बिरामीको कलेजोको ठाउँमा राखिन्छ ।
कलेजो प्रत्यारोपणको निश्चित मापदण्ड तोकिएको छ । बिरामी अवस्थाको जाँच गरिन्छ । भिडियो एक्स–रे, सिटी स्क्यान, इन्डोस्कोपी गरेर बिरामी कुन अवस्थामा छ, त्यसको निक्र्यौल गरिन्छ । पहिलो अवस्थामा खानपान बन्द गरिन्छ । मद्यपान गरेर कलेजोमा समस्या आएको हो भने त्यसलाई बन्द गरिन्छ ।
इन्फेक्सनले भएको भने त्यसको उपचार गरिन्छ । औषधि, उपचार केही गरेर पनि कलेजो बचाउन नसकिने अवस्थामा वा अन्तिम अवस्थामा भने कलेजो प्रत्यारोपण गरिन्छ ।
को हुन्छन् दाता रु
कलेजो दान गर्नका लागि विभिन्न मापदण्ड तोकिएका छन् । १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । अंगदान गर्दा दुईवटा कुरा हेरिन्छ । एउटा मानसिक र शारीरिक रूपले स्वस्थ रहेको कुरा हेर्नुपर्छ । जसमा दिने मानिस लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचापजस्ता रोग नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका व्यक्तिको अंग लिन सकिन्छ । फेरि कलेजो दिन मिलेर मात्रै पनि हुँदैन । बिरामी र डोनरको ‘ब्लड गुप्र’ मिल्नुपर्छ ।
सन् २०१६ अगाडि नेपालको कानुन साँघुरो बनाइएको थियो । त्यसपछि अलि फराकिलो भएको छ । जसमा आफ्नो बुवा–आमा, दिदी–बहिनी, दाजु–भाइ, काका–काकी बाहेक पनि अलिकति टाढाको नातेदारले पनि दिन पाउँछन् । तर, प्रमाणित नाता भने हुनुपर्ने हुन्छ ।
कलेजो प्रत्यारोपण एक जटिल शल्यक्रिया
कलेजो प्रत्यारोपण एक जटिल शल्यक्रिया हो । हिजोआज स्वास्थ्यमा सबैको पहुँच, प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धताले यो शल्यक्रिया नेपालमा पनि सहज रूपमा सम्पन्न भइरहेको छ ।
कलेजो प्रत्यारोपणमा स्वस्थ व्यक्तिलाई चाहिने मात्रा राखेर करिब ४०–५० प्रतिशत कलेजो निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ । कलेजो प्रत्यारोपणको समयमा सकेसम्म दातालाई ठूलो समस्या नहोस् भनेर ध्यान दिइन्छ । दाताको सबै स्वास्थ्य परीक्षण गरिन्छ । प्रत्यारोपण गर्दा बिरामीलाई सहज हुन्छ कि हुँदैन भन्नेसमेत हेर्ने गरिएको हुन्छ ।
![‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत् गर्ने योजना छ’](https://snowberry.prixacdn.net/media/gallery_folder/hhh_417CykBUVD_qjxhhocekrkdp9v98jnhjq5h5fqnvlkm2mcmyxnz0glclveid9141wbznuyk_gKAk5C4u1l_feagjbviw0nd3pwknqnm0uwpc28xjjkdm5pv9ajnsuliujejktjrxywxhtoq.jpg)
‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा विशेषज्ञ स्वास्थ्य सेवा बीमामार्फत् गर्ने योजन…
![बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य](https://snowberry.prixacdn.net/media/gallery_folder/SEE-1280x720-1-exam%2520(1)_UxqRYXVYNM_jpfkitapuyukqxur5fefmv6glieorkrkheqsjsn2ooddki4x3p46cyjr3zaw_usbedf4WvS_5mgaflmjeo60xtqnienaywlfxyzphsm4pfu1bhnfgvvuq4mu3silta5srlcs.jpg)
बैतडीका १८ विद्यालयको एसइई नतिजा शून्य
![एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने काम नगर्नु](https://snowberry.prixacdn.net/media/gallery_folder/uml_letter_for_prachanda_6RCySL5dvW_Sr2V0Zr9mz_jnzinp8mjn7sbzrok21s1pd2slljhl5xoge3ublcq2cqqkrhaufdkkb6bwto_XpsHsPiXfe_uq1rx1yuoyrfyh8s25zomuemis1j5g7rp0eyeplj5swqzvkzyvu3lxlzyhal.jpg)
एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने क…
![उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो , सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-04_15-59-01-397_qck6dRulMV_kjdh01wfb7njsxgca953dao0wkr3okfinqynjzh9fhlq93aohkvbfdajnvel_KHt8ygHTFa_gdo24lzbj2do9yacwzuxfodtmz8qvjuf9yfro2piplneehigpwuicurrlssd.png)
उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो , सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश
![चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/chinese-premier-calls-for-international-ai-cooperation_79ROKaL6sI_m3w4ka9uhwdndrl5jojuan9katbflti77e3gma0zeyiotqcfsvmt4rftqswq_N7qrYXqVDd_glcn4gui5kh2vxwwfrelko5wkqk5ypv48e5sc9mwnj4vfp3b6iyo6enbmirj.webp)
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान
![चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/chinese-premier-calls-for-international-ai-cooperation_79ROKaL6sI_m3w4ka9uhwdndrl5jojuan9katbflti77e3gma0zeyiotqcfsvmt4rftqswq_nFlhVya1x7_no56df6kmi4zuz8zjmzonqucbwxkylobp7aavjtics2iayvvcnzs9tqipj2h.webp)
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगको आह्वान
![साताको अन्तिम दिन : १५ दशमलव ४६ अङ्कले बढ्याे नेप्से,](https://snowberry.prixacdn.net/media/gallery_folder/viber_image_2024-07-03_13-35-49-982_171aVsdDbP_ovktc9xkci4ssnkx9npgfide9eqxz1lgq0zuxn8zv8ivocieynjr2xoayrri_nil47gNTaf_ah9xyis4vbobbmyuhcr15nxedsp85sbunu6azk8cbq8stg9cjwwxmwx8ialr.jpg)
साताको अन्तिम दिन : १५ दशमलव ४६ अङ्कले बढ्याे नेप्से,
![कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन](https://snowberry.prixacdn.net/media/gallery_folder/thumb_kUK6sxFlPD_oo3maay7sbjbt5b0imfwpld6dsmohrzkugkzyvyg0grf6h4bxfpivyhixrii_uB2RABd2cm_vjwm6haffo28lqxdr8fhhx6yssdygztjdwnnknsozp3ajv54dplfoateetz3.jpeg)
प्रतिक्रिया