बैंकहरुमा साढे १७ करोड निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको १७ करोड ६७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो ।
निक्षेप राख्न लागेको रकममध्ये १४ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ८८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गर्नेछ ।
निक्षेप लिन इच्छुुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक १५ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव पेश गर्नुपर्नेछ । यो निक्षेप आगामी मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म ३६५ दिनका लागि लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ।

न्यूरोडबाट सुनसहित एक जना पक्राउ

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

तोलामै २ हजार ४०० रुपैयाँ घट्यो सुन

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

तारागाउँ रिजेन्सी होटलको शेयर कारोबार स्थगन

नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने

प्रतिक्रिया