गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गर्नुभएको छ ।
वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।”
पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै नेता नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको बताउनुभयो ।
जागरण अभियानमा नेकपा (एस)का महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायत नेताले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किन जाँदैछन साउदी र युएईको भ्रमणमा?

सरकार फेरबदलको कुरा भएको छैन: महामन्त्री शर्मा

राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनमा भागबन्डाको तयारी

एमालेको भारी जित, राष्ट्रियसभामा बहुमत हार्यो

कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ

प्रतिक्रिया