कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप

कोशी प्रदेशकोमुुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।
मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७÷४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि असोज २० गते गर्नुभएको आह्वानमा दुई सदस्यले दाबी पेश गर्दा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर दोहोरिएपछि शनिबार परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन आज विज्ञप्तिमार्फत आह्वान गर्नुभएको हो ।

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन किन जाँदैछन साउदी र युएईको भ्रमणमा?

सरकार फेरबदलको कुरा भएको छैन: महामन्त्री शर्मा

राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनमा भागबन्डाको तयारी

एमालेको भारी जित, राष्ट्रियसभामा बहुमत हार्यो

कम्युनिष्टको एकता आजको आवश्यकता : महासचिव गुरुङ

प्रतिक्रिया